• २०८१ बैशाख ६ बिहीबार

‘मदन पुरस्कार’ कँडेल र ‘जगदम्बाश्री’ वात्सायनलाई प्रदान

kharibot

काठमाडौँ ।  मदन पुरस्कार गुठीले विसं २०७३ को ‘मदन पुरस्कार’ ‘धृतराष्ट्र’ खण्डकाव्यका लागि कवि घनश्याम कँडेल र ‘जगदम्बाश्री’ पुरस्कार व्यङ्ग्यचित्रकार दुर्गा बराल ‘वात्सायन’लाई प्रदान गरेको छ । 

गुठीका अध्यक्ष कुन्द दीक्षितले उनीहरुलाई आज जनही रु दुई लाख पुरस्कारसहित सम्मानपत्र प्रदान गर्नुभयो । गुठीले नेपाली भाषा, साहित्य र संस्कृतिको विकास, विस्तार र प्रवद्र्धन गर्ने व्यक्तिलाई प्रत्येक वर्ष उक्त पुरस्कार प्रदान गर्दै आएको छ । 

मदन पुरस्कार विजेता कँडेलले मदन पुरस्कार जस्तो स्वच्छ, निष्पक्ष र गरिमायुक्त पुरस्कारद्वारा छन्दका कविता लेख्नेलाई दिएको सम्मनप्रति आफू निकै हर्षित भएको बताए । धादिङ जिल्लाको मलेखुमा जन्मनुभएका कवि कँडेलले वनारसबाट संस्कृतमा शास्त्री र स्नातकसम्म शिक्षा प्राप्त गरेका छन् । वनारसमा बस्दा उहाँले ‘उदय’, ‘आमा’, ‘छात्रप्रभा’ र ‘नयाँ पाइला’जस्ता साहित्यिक पत्रिकामा कविता लेख्न शुरु गरेका थिए । कवि कँडेलका ‘पच्चीस वर्षका खण्डकाव्य’, ‘देवयानी’, विश्वामित्र जस्ता कृति प्रकाशित छन् ।     

त्यसैगरी नेपाली व्यङ्ग्यचित्र विधा क्षेत्रका नक्षत्र वात्सायनले इतिहासमा पहिलो पटक ‘कार्टुनिष्ट’ले पुरस्कार पाउँदा ‘कार्टुन’ विधाका सबैलाई सम्मान गरिएको महसुस भएको बताउनुभयो । नदीपुर पोखरामा जन्मनुभएका बराललाई सानैदेखि चित्रप्रति निकै शोख थियो । पञ्चायती व्यवस्थाको अन्त्य र प्रजातन्त्रको पुनःबहाली गर्न तथाउत्पीडन, शोषण, अन्याय, अत्याचार, विकृति र विसंगतिप्रति उहाँको कार्टुन निकै प्रखर मानिन्छ । “पाँच दशकभन्दा लामो कार्टुनकलाको यात्रामा यो पुरस्कार प्राप्त गर्दा मलाई ठूलो ऊर्जा र जिम्मेवारी थपिएको छ, यो यात्रालाई निरन्तर अगाडि बढाउने हौसला पाएको छु”, उनले भने । 

गुठीका अध्यक्ष दीक्षितले वात्सायनले कार्टुन विधाबाट र कँडेलले खण्डकाव्यका माध्यमबाट नेपाली साहित्यमा पु¥याएको योगदान अतुलनीय रहेकोे बताए  । गुठीले प्रदान गरेको यो मदन पुरस्कार ६१औँ हो । विसं २०१३ मा पुरस्कार स्थापना गरिएको हो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै