• २०८१ बैशाख ११ मंगलबार

राष्ट्र बैंकले वाणिज्य बैंक, विकास बैक र फाइनान्समा डेढ अर्ब निक्षेप राख्ने

kharibot

काठमाडौं । लगानीयोग्य रकमको अभाव अर्थात् लिक्विटी क्रन्चको समस्या झेलेका बैंक तथा फाइनान्सहरुलाई केही हदसम्म भए पनि राहत पुुग्ने भएको छ ।

राष्ट्र बैंकले तीनै किसिमका बैंक तथा फाइनान्स कम्पनीहरुमा यही माघ २ गतेदेखि २०७६ पुुस २९ गतेसम्मको लागि एक अर्ब ४८ करोड ३५ लाख रुपैयाँ संस्थागत निक्षेप राख्ने भएपछि बैंक तथा फाइनान्स कम्पनीहरुलाई थोरै भए पनि राहत पुुग्ने भएको हो । 

राष्ट्र बैंकका अनुसार रकम लगानीको लागि इच्छुक बैंक तथा फाइनान्स कम्पनीहरुले यही पुुस २२ गते सोमबार अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आफूले लिन चाहेको रकम र दिन चाहेको ब्याज समेत तोकेर आवेदन दिनुुपर्नेछ । यसरी छुुट्याएको रकममध्ये वाणिज्य बैंकको लागि एक अर्ब १८ करोड ६८ लाख, विकास बैंकहरुको लागि २२ करोड २५ लाख र फाइनान्स कम्पनीहरुको लागि सात करोड ४२ लाख रुपैयाँ रहेको छ ।  

रकम लगानी गर्न चाहने बैंक वित्तीय संस्थाहरु सञ्चालनमा आएको कम्तीमा दुुई वर्ष पूरा गरेको हुुनुुपर्ने, तोकिएको न्यूनतम पूँजीकोष कायम रहेको, निष्क्रिय कर्जा (एनपीएल) कुल कर्जा सापटको चार प्रतिशतभन्दा कम भएको हुुनुपर्ने, खुद तरल सम्पत्ति स्वदेशी निक्षेपको कम्तीमा २० प्रतिशत वा सोभन्दा बढी रहेको हुुनुुपर्ने लगायतका प्रावधानहरु तोकिएको राष्ट्र बैकले जानकारी दिएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै