• २०८१ बैशाख ८ शनिबार

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजनाको तेस्रो महिनाको विजेता घोषित

kharibot

काठमाडौँ । सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” योजना अन्तर्गत साउदी अरबको अरब नेशनल बैंक, टेलिमनिबाट पैसा पठाई तेस्रो महिनाको एक लाखको मासिक लक्कीड्रमा परी मोरङ्गकी रुना धिमाल विजेता घोषित भएकी छन् । 

यस उपहार योजना अबधीमा हाल सम्म दैनिक उपहार योजना अन्तर्गत १०८० जनाले रु २०० को मोबाइल टप अप, साप्ताहिक रुपमा ३६ जना विजेताले दश हजार र २ जनाले एक लाख जितिसकेका छन् । ती सबै उपहारहरु विद्युतीय लक्कीड्र मार्फत विजेता छनौट गरिएको थियो । सिटी एक्सप्रेस कम्प्लेक्स भवनमा कार्यक्रमको आयोजना गरी एक समारोहमा उक्त नगद पुरस्कार हस्तान्तरण गरियो ।

सिटी एक्स्प्रेसको “लखपति एक्स्प्रेस” उपहार योजना अन्तर्गत लक्की ड्र मार्फत उपभोक्ताहरुले दैनिक रु २०० को मोबाइल टप अप १२ जनाले जित्न सक्ने त्यसैगरी साप्ताहिक रुपमा तीन जना विजेताहरुले दश हजार र हरेक महिना लक्की ड्र मा विजयी हुने एक जनाले एक लाख जित्न सक्ने, उपहार योजनाको अन्त्यमा एक जना भाग्यशाली विजेताले बम्पर उपहार र सिटी एक्स्प्रेस मनी ट्रान्सफर प्रा.लि. १२ औं बर्ष प्रवेश गरेको उपलक्ष्यमा १२ लाखसम्म जित्न सक्ने छन् ।

यो योजना असोज १ गते देखि मंसिर २९ गतेसम्म चलेको थियो । यो अवधिभर सिटी एक्सप्रेस मार्फत मनी ट्रान्सफर गर्ने सम्पूर्ण सेवाग्राही यो उपहार योजनामा सहभागी भएका थिए । 


 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै