• २०८१ बैशाख ८ शनिबार

मुक्तिनाथ विकास बैंकको १३औं वार्षिकउत्सव विभिन्न सामाजिक कार्यक्रम गरी मनाइदै 

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंक लि.ले संस्थागत सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत आफ्नो  तेह्रौं वार्षिकउत्सवको अवसरमा विभिन्न कार्यक्रम गरी मनाइरहेको छ । 

जसमध्ये, आज सिराहाको गोलबजार र कास्कीको बुढीबजारशाखाले शाखा वरिपरीका टोल तथा बजारमा १०-१० वटा डस्टबीन वितरण गरेको छ ।

त्यस्तै रुपन्देहीको भैरहवा र कोटिहवाशाखा तथा स्याङ्गजाको चापाकोट र गल्याङ्ग शाखाहरुले नजिकका वृद्धाश्रम तथा अनाथालयमा ब्ल्याङ्गकेट वितरण गरिएको छ ।

त्यसैगरी काठमाण्डौंको कुलेश्वर शाखाले रवि भवनको आमा घरमा खाद्यान्न वितरण, उदयपुरको कटारी शाखाले त्रिवेणी माध्यामिक विद्यालयलाई स्वीटर वितरण, पर्साको वीरगञ्ज शाखाले समता विद्यालयका विद्यार्थीहरुलाई जुत्तामोजा वितरण गरिएको छ ।

त्यस्तै झापाको विर्तामोड शाखाले अरुणोदय आधारभुत विद्यालयका विद्यार्थीहरुलाई आवश्यक स्टेस्नरी सामान वितरण गरियो भने सिन्धुलीको कमलामाई शाखाले नवज्योति बहिरा माध्यामिक विद्यालयलाई आवश्यक स्टेस्नरी सामान तथा पानी फिल्टर वितरण गरिएको छ ।

त्यसैगरी तनँहुको दुलेगौंडा शाखाले वि पि कम्युनिटि हस्पिटललाई १ थान पानी शुद्धिकरण मेसिन वितरण तथा क्षेत्रीय कार्यालय पोखरा अन्तर्गतका शाखा कार्यालयहरुले वास्यान वृद्धाश्रमलाई आवश्यक सामाग्री वितरण तथा वृहत रक्तदान कार्यक्रम गरी मनाएका  छन् । 

बैंकले साप्ताहिक वार्षिकउत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ र यो कार्यक्रम मिति २०७५ पौष २२ गतेसम्म जारी रहनेछ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै