साधारण शेयरलाई संस्थापक शेयरमा परिणत गर्न नपाइने

खरीबोट

काठमाडौँ । नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाले सो सीमाभन्दा माथिको शेयर दुईपटक गरेर सर्वसाधारण शेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ । 

बैंकले निर्देशन जारी गर्दै एकै बजारमा साधारण शेयरको मात्रा बढी नहोस् भनेर कम्तीमा दुईपटक गरेर संस्थापक शेयर ५१ प्रतिशतमा झार्न सकिने व्यवस्था गरेको छ । 

बैंक तथा वित्तीय संस्था स्थापना भएको १० वर्ष पूरा गरेको हकमा धितोपत्र विनिमय बजार लिमिटेडमार्फत खरीद, बिक्री गर्ने प्रयोजनाका लागि संस्थापकको शेयर लगानी अनुपात समानुपातिकरुपमा बढी हुने शेयर सर्वसाधारणमा परिणत गर्नसक्ने व्यवस्था मिलाइएको छ । 

कुनै संस्थापक समूहले अर्को समूहमा परिणत गर्न नचाहेको भनी स्वघोषणा विवरण प्राप्त भएको अवस्थामा भने बाँकी रहेका सदस्यले संस्थापक समूहको शेयर स्वामित्व ५१ प्रतिशतभन्दा कम नहुने गरी उपभोग गर्न पाउने व्यवस्था गरिएको छ । एकपटक सर्वसाधारण शेयरमा परिणत गरेको शेयर पुनःसंस्थापक समूहको शेयरमा परिणत गर्न नपाइने व्यवस्थासमेत निर्देशनमार्फत गरिएको छ । 

संस्थापक समूहमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गरी बिक्री गर्ने व्यक्ति वा संस्था कालोसूचीमा रहेको भए निजको शेयर बैंक वा वित्तीय संस्थाको कर्जा चुक्ता गर्ने प्रयोजनका लागि मात्र बिक्री गर्न पाइने व्यवस्था गरिएको छ । 

संस्थापक समूहको स्वामित्वमा रहेको शेयर सर्वसाधारण शेयरमा परिणत गर्ने कार्य पूँजीबजार बैंकिङलगायत समग्र वित्तीय क्षेत्रमा पर्ने प्रभावलाई समेत ख्याल गरी बढीमा १० प्रतिशत बिन्दुसम्म गर्न र त्यस्तो कार्य कम्तीमा दुईपटक मात्रै गर्नसमेत भनिएको छ । 

यस्तै बैंकले कार्यक्षेत्र विस्तार तथा बैंक तथा वित्तीय संस्था गाभ्ने वा गाभिने विषयमा समेत निर्देशन जारी गरेको बैंकका कार्यकारी निर्देशक नारायणप्रसाद पौडेलले जानकारी दिए ।  
 

सम्बन्धित समाचार

राष्ट्र बैंकले आज १३ अर्बको ट्रेजरी बिल बिक्री गर्दै 

काठमाडौँ । नेपाल राष्ट्र बैंकले सोमबार रु १३ अर्ब ७९ करोड ११ लाख २५ हजार बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ ।  बैंकले एक सूचनामार्फत उक्त परिमाणको ट्रेजरी बिल बोलकबोल

सरकारी कोषमा ५७ अर्ब ७४ करोड रुपैयाँ बचत

काठमाडौ । सरकारी बित्त ५७ अर्ब ७४ करोड रुपैयाँले बचतमा देखिएको छ । नेपाल राष्ट्र बैंकका अनुसार  चालु आर्थिक बर्ष २०७५—०७६ को सात महिनामा बैंकिङ कारोबारमा आधारित सरकारको वित्त स्थिति

अझै ४२ स्थानीय तहमा पुगेनन् बैंक 

काठमाडौँ । मुलुकभरका कूल ४२ वटा स्थानीय तहमा अझै पनि बैंकका शाखा खुल्न सकेका छैनन् । नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको चालू आर्थिक वर्षको सात महीनाको आर्थिक विवरणअनुसार ७५३ स्थानीय

हिमाली क्षेत्रमा मूल्य बढ्यो

काठमाडौँ । हिमाली क्षेत्रमा मूल्यवृद्धिको चाप परेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको चालू आर्थिक वर्षको सातौ महीनाको विवरणमा हिमाली क्षेत्रमा उपभोक्ता मुद्रास्फीति पाँच दशमलव तीन प्रतिशत


z