• २०८१ बैशाख १२ बुधबार

रोनाल्डोलाई ग्लोब सकर र उत्कृष्ट गोलको अवार्ड 

kharibot

काठमाडौँ । क्रिस्टियानो रोनाल्डोले सन् २०१८ को ग्लोब सकर अवार्डमा उत्कृष्ट खेलाडीको अवार्ड जितेका छन् । 

बिहीबार राति दुबईमा भएको समारोहमा युभेन्टसका खेलाडी रोनाल्डोले अघिल्लो वर्षको उत्कृष्ट खेलाडीको अवार्ड पाएका हुन् । रोनाल्डोले विश्वकप विजेता टिमका किलियन एम्बाप्पे र एन्टोनी ग्रीजम्यानलाई पछाडी पार्दै सो अवार्ड जितेका हुन् ।

५ पटक बेलुन डो अर जितेका रोनाल्डोले ग्लोबल सकर अवार्ड पनि यो सहित ५ पटक जितेका छन् । 

सो समरोहमा रोनाल्डोले सन् २०१८ को उत्कृष्ट गोलकर्ताको अवार्ड पनि जिते ।  च्याम्पियन्स लिगमा रियल म्याड्रिडबाट खेल्दै रोनाल्डोले उनको हालको क्लब युभेन्टसविरुद्ध गरेको बाइसाइकल गोललाई बर्षको उत्कृष्ट गोलको अवार्ड दिइएको छ ।

त्यस्तै फ्रान्सलाई विश्वकपको उपाधि जिताएका फ्रान्सका प्रशिक्षक डिडीयर डेस्च्याम्पले बर्षको उत्कृष्ट प्रशिक्षकको अवार्ड पाए । त्यस्तै वर्ष २०१८ को उत्कृष्ट क्लबको अवार्ड भने ला लिगा क्लब एथलेटिको म्याड्रिडले जित्यो ।

त्यस्तै धेरै क्लबमा प्रशिक्षण गरेका प्रशिक्षक फाबियो कापेलो करियर कोच अवार्डबाट सम्मानित गरिएको थियो । उनले एसी मिलान, रियल म्याड्रिड, एएस रोमा र युभेन्टसको प्रशिक्षण गरेका थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै