• २०८१ बैशाख १४ शुक्रबार

बलात्कारको मुद्धामा जिल्ला अदालतको निर्णय उच्च अदालतमा उल्टियो 

kharibot

काठमाडौँ । काठमाडौँ जिल्ला अदालतबाट बलात्कारको अपराधमा पाँच बर्ष कैद तोकिएका काठमाडौँ महानगरपालिका वडा नं. १६ म्हैपी बस्ने वासुदेव नेपाल लाई हालै उच्च अदालत पाटनले सफाई दिएको छ ।

उच्च अदालतका न्यायाधीशद्धय रमेश पोखरेल र विष्णु प्रसाद कोइरालाको संयुक्त इजलासले नेपाललाई एक बर्ष अघिको काठमाडौँ जिल्ला अदालतको फैसला उल्टाई मंगलबार सफाई दिएको हो ।

जिल्ला अदालतको फैसलामा प्रमाणको उचित मुल्यांकन नभएको आधार देखाइ काठमाडौँ जिल्ला अदालको फैसला उल्टाई अभियुक्त नेपाललाई उच्च अदालत पाटनले उनलाई सफाई दिइएको हो ।

काठमाडौँ जिल्ला अदालतका न्यायाधीश अमृत बहादुर बस्नेतको इजलासले २०७४ पुस २४ मा किटानी जाहेरी, स्वास्थ परीक्षण प्रतिवेदन तथा साक्षी बकपत्र समेतको आधारमा नेपालले पिडित महिलालाई बलात्कार गरेको ठहर गरेको थियो ।

प्रतिवादीले पिडित महिलालाई जग्गा किनिदिन्छु भन्ने बहानामा होटलमा लगी बलात्कार जस्तो जघन्य कसुर गरेको ठहराई पाँच  बर्ष कैद ठेक्नुका साथै जाहेरवालीलाई पच्चिस हजार रुपैया क्षतिपूर्ति दिलाउने फैसला पनि जिल्ला अदालतले सुनाएको थियो ।

उच्च अदालतले सफाई दिएका वासुदेव नेपाल 

केही बर्ष अघि आफ्नो घर बिक्रि गर्ने क्रममा चिनजान भएका नेपालले घरजग्गाको व्यवसाय गर्ने भएकाले जग्गा खोजिदिन्छु भनी ती पिडित महिलासँग चिनाजानी गरेका थिए ।

ती महिलाले आफूले घर बेचेको पैसाले जग्गा किन्छु भनेपछि पिडित महिलालाई ललाई फकाई जग्गा देखाउन भन्दै २०७३ फागुन ३० मा होटलमा खाजाखाने बहानामा लगि जबर्जस्ती करणी गरेको प्रहरीमा पिडितको तर्फबाट किटानी जाहेरी परेपछि प्रहरीले अनुसन्धान गरी अदालतमा अभियोग पत्र दायर गरेको थियो ।

प्रहरी अनुसन्धान, मेडिकल रिपोर्ट तथा साक्षी बकपत्रबाट अभियुक्तले पिडित महिलालाई बलात्कार गरेको निष्कर्षसहित प्रहरीले काठमाण्डौं जिल्ला अदालतमा २०७४ साल भाद्र १ मा अभियोगपत्र दायर भएको थियो । अभियोग दायर हुँदा फरार रहेका नेपाल अदालतमा उपस्थित भई थुनछेकको बहसमा धरौटीमा रिहा भएका थिए ।

जग्गा मिलेको छ हेर्न जाउ भनी मलाई मोटर साइकलमा राखी लगेकोमा दक्षिणकालीमा लगी सनराइज भ्यु प्वाइन्ट रेस्टुरेन्टमा खाजा खान जाउ भनी लगि बलात्कार गरेको भनि पिडित महिलाले जाहेरी दिएपछि सो विषयमा अनुसन्धान गरी अभियोगपत्र दायर गरेको थियो । 

‘भुइतलाको खाटमा जबर्जस्ती बसाली मैले इन्कार गर्दागर्दै पनि जबर्जस्ती करणी गरेकोले सो कुरा कसैलाई भनेमा राम्रो हुदैन भनी मलाई छोडी हिडेकाले म पछि ट्याक्सीमा आएको हो निजलाई कानुन बमोजिम सजाय होस’ भन्ने ब्यहोरा उल्लेख गरी पिडित महिलाले घट्नापछि प्रहरीमा जाहेरी दिएपछि सो अपराधको रहस्य प्रहरी समक्ष पुगेको थियो । 

जिल्ला अदालत काठमाडौँले भने प्रतिवादी अदालतमा कसूरमा इन्कार रही आफू घर जग्गा व्यवसाय गर्ने व्यक्तिसँग मिलि सहयोगीको भूमिकामा काम गर्ने मानिस भएको भन्ने कुरा बयानमा लेखाएको देखिंदा प्रतिवादीले जग्गा हेर्न जाऊ भनी मलाई दक्षिणकाली लगेको भन्ने जाहेरवालीको कथन समर्थन हुन आएको देखियो भनी ठहर फैसला सुनाएको थियो ।

फैसलामा प्रतिवादीका साक्षी क्रृषिराज घिमिरे र सरस्वती प्याकुरेलले गरेको बकपत्रमा २०७३ फागुन ३ गते  प्रतिवादी हामीसँगै नेपालटारमा थिए भन्ने कुरा लेखाएतापनि सो कुरा  प्रतिवादीले गरेको बयानमा उल्लेख भएको देंखिदा निजका साक्षीको उक्त कथन विश्वसनीय नदेखिएको निष्कर्ष जिल्ला अदालत काठमाडौँको थियो । 

यी प्रतिवादीले अदालतमा इन्कारी बयान गरेतापनि प्रमाणबाट पुष्टी हुन नसकेको सो इन्कारी बयान निजको निर्दोषिता पहिचानको आधार हुन सक्ने देखिएन भन्दै उनलाई जिल्ला अदालतले कैदको सजाय सुनाएको थियो भने किटानी जाहेरी नै बलात्कारको अकाट्य प्रमाण भएको भन्दै नेपाल बार एशोसिएशनका महासचिव अधिवक्ता खम्म बहादुर खाती र अधिवक्ता जगत प्रकाश जोशीले बलात्कारीलाई सजाय हुनुपर्ने बहस गरेका थिए ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै