• २०८१ बैशाख ७ शुक्रबार

सौर्यमण्डलको बाहिरी भागमा मानवरहित यान, साढे ६ अर्ब किमि टाढाबाट पठायो तस्बिर  

kharibot

अमेरिकी अन्तरिक्ष संस्था नासाको अभियान न्यु होराइजन्सले सौर्यमण्डलको बाहिरी भागमा रहेको अल्टिमा टुली नामको आकाशीय पिण्डको नजिक पुगेर त्यसको तस्बिर पृथ्वीमा पठाएको छ । उक्त तस्बिर नासाको यानले पृथ्वीभन्दा साढे ६ अर्ब किलोमिटर टाढाबाट पठाएको हो । 

योसँगै नासाको यो मिसन सौर्यमण्डलको सबैभन्दा टाढासम्म पुग्ने मिसन बनेको छ । न्यु होराइजन्स नामको रोबोटिक स्पेसक्राफ्टले उक्त अल्टिमा टुलीको नजिक पुगेर धेरै तस्बिर र महत्वपूर्ण तथ्य संकलन गर्न सफल भएको वैज्ञानिकहरुको भनाइ छ । 

यो यानले अब  जानकारीमा आउने कुराहरु आगामी केही समयसम्म पृथ्वीमा निरन्तर रुपमा पठाउनेछ । उसले रेडियो सन्देश पनि पृथ्वीमा पठाएको छ । जसलाई स्पेनको म्याड्रिडमा राखिएको नासाको ठूलो एन्टेनाले खिच्न सफल भएको थियो । यो सन्देश पृथ्वीसम्म आइपुग्न ६ घण्टा ८ मिनेट लागेको थियो । 

संकेत रिसिभ भएसँगे मेरिल्याण्डमा रहेको जोन्स होप्किन्स युनिभर्सिटीको एप्लाइड फिजिक्स ल्याबोरेटोरीमा वैज्ञानिकहरुले उत्सव मनाएका थिए ।

उक्त पिण्ड अल्टिमा सौर्यमण्डलको काइपर बेल्ट भन्ने भागमा रहेको छ । यो बेल्ट जमेको पिण्डबाट बनेको छ जुन नवग्रहमध्येको वरुण (नेप्च्युन)बाट २ अर्ब किमि र यम (प्लु्टो)बाट डेढ अर्ब किमिको दूरीमा रहेको छ ।

यससँग सम्बद्ध वैज्ञानिकहरुले उक्त यान सुरक्षित रहेको पनि बताएका छन् । 

उक्त रेडियो सन्देशमा इन्जिनियरसँग सम्बन्धित जानकारी रहेको बताइएको छ । त्यस्तै तस्बिरहरु समेत प्राप्त भएको छ । जसले यान उपयुक्त अवस्थामा रहेर उक्त पिण्डको तस्बिर खिचेको पुष्टि हुन्छ । नत्रभने यानले पिण्डको नभएर अरु नै अन्तरिक्ष क्षेत्रको तस्बिर खिच्नसक्ने वैज्ञानिक मत छ । 

उक्त पिण्ड अल्टिमा सौर्यमण्डलको काइपर बेल्ट भन्ने भागमा रहेको छ । यो बेल्ट जमेको पिण्डबाट बनेको छ जुन नवग्रहमध्येको वरुण (नेप्च्युन)बाट २ अर्ब किमि र यम (प्लु्टो)बाट डेढ अर्ब किमिको दूरीमा रहेको छ । यो पिण्डले पनि सूर्यको परिक्रमा गर्छ । सन् २०१५ मा यो यान यम ग्रहको पनि नजिकै भएर गएको थियो । 

उक्त काइपर बेल्ट क्षेत्रमा अल्टिमा जस्तो हजारौँ पिण्डहरु रहेको मानिन्छ । यसकारण पनि आजभन्दा ४.६ अर्ब वर्ष पहिले यहाँको अवस्था कस्तो थियो होला भन्ने अनुमान गर्न सकिन्छ । 

उक्त यानमा १५ वाटको ट्रान्समिटर लगाइएको छ । जसले डाटा एकदम ढिलो गतिमा पृथ्वीसम्म आइपुगेको हो । आगामी २०२० सम्ममा उसले पठाएका सबै तथ्य र तस्बिर आइपुग्ने बताइएको छ ।

  • बीबीसीबाट 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै