• २०८१ बैशाख १३ बिहीबार

सन्दीप बिना मेलवर्नको जित, लिगको दोस्रो स्थानमा उक्लियो  

kharibot

काठमाडौँ । बिग बास लिगमा मेलवर्न स्टार्सले सिड्नी ठण्डर्सलाई पराजित गरेको छ । शनिबार भएको खेलमा ८ विकेटको जित हासिल गर्दै मेलवर्नले प्रतियोगितामा तेस्रो जित हासिल गरेको हो । सन्दीप लामिछाने खेलेको टिममा सन्दीप बिना खेलेको पाँचौ खेलमा मेलवर्नले जित हासिल गर्दै अंक तालिकामा दोस्रो स्थानमा उक्लिएको छ ।

सिड्नीले दिएको १३६ रनको लक्ष्यलाई मेलवर्नले २ विकेट गुमाउदै १७.२ ओभरमा पुरा गरेको थियो । मेलवर्नको जितमा ग्लेन म्याक्स वेलले अविजित ४१, निक लार्किनले ४१ रन बनाएका थिए । त्यस्तै मार्कोस स्टोनिसले ३४ र बेन डंकले १३ रन बनाएका थिए ।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको सिड्नीले २० ओभरमा ८ विकेट गुमाउदै १३५ रन बनाएको थियो । सिड्नीका लागि डेनियल साम्सले सर्वाधिक ४२ रन बनाए भने जो रुटले २६, जोश बटलरले १८ र शेन वाट्सनले १३ रन बनाएका थिए । त्यस्तै मेलवर्नका बलर स्कट बोल्याण्ड र मार्कोस स्टोनिसले २-२ विकेट लिए भने एडम जाम्पा, ड्वाने ब्राभो र लियाम प्लुन्केटले एक एक विकेट लिएका थिए ।

प्रतियोगितामा ५ खेल सकिदा होबर्ट हुरिक्यान ५ खेलमा सबै खेल जितेर १० अंकसहित शिर्ष स्थानमा छ भने मेलवर्न ५ खेलमा ३ खेल जितेर ६ अंकसहित दोस्रो स्थानमा रहेको छ ।

 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै