• २०८१ बैशाख १२ बुधबार

बाराको कोल्हवीमा कृषि विकास बैंकको बैकिङ्ग शाखा कार्यालय उद्घाटन 

kharibot

बारा । बारा जिल्ला कोल्हवी नगरपालीका कोल्हवी–१ मा कृषि विकास बैंकको शाखा कार्यालयको पौष २१ गतेका दिन उदघाटन भएको छ । 

शाखको उद्घाटन प्रमुख अतिथीद्धय सम्माननिय प्रधानमन्त्रीज्यूका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनाली, बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकुमार उपाध्याय, कार्यक्रमका विशिष्ठ अतिथी सांसद उमाकान्त चौधरी, प्रदेशसभा सदस्य त्रिलोक चौधरी, कोल्हवी नगरपालिकाका मेयर भरत भण्डारीबाट संयूक्त रुपमा सम्पन्न भएको छ । 

कार्यक्रमलाई सम्बोधन गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको प्रोडक्ट  (एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधा) को बारेमा जानकारी गराउनुका साथै स्थानीय जनताको सहयोग निरन्तर भएमा बैंकले भविष्यमा बढी भन्दा बढी क्षेत्रहरु समेटी लगानी बृद्धि तथा अन्य थप बैकिङ्ग सेवा उपलव्ध गराउने  बताएका थिए । 

कार्यक्रमका प्रमुख अतिथी तथा सम्माननिय प्रधानमन्त्रीका राजनीतिक सल्लाहाकार अच्यूतप्रसाद मैनालीले विकासको मुख्य साधन  सरकारी संस्थाहरु भएको सन्र्दभमा कृषि विकास बैंक पनि एक सरकारी बैंक भएकोले सम्पूर्ण स्थानीय जनताहरुले सानो भन्दा सानो रकम कृषि विकास बैंकमा निक्षेपको रुपमा जम्मा गर्नु पर्ने बताए । यसरी जम्मा भएको रकम उद्यमी गर्न चाहने स्थानीय जो कोहिलाई नियमानुसार बैकले वित्तीय सहयोग उपलव्ध गराउने भएकोले सम्पूर्ण उपस्थित स्थानीय जनसमुदायलाई बैंकमा खाता खोल्न समेत उनले आग्रह गरे । 

पूर्वमन्त्री तथा माननिय सांसद तथा कार्यक्रमका विशिष्ठ अतिथी उमाकान्त चौधरी, मेयर भरत भण्डारी, प्रदेश सभा सदस्य त्रिलोक चौधरीलगायतले स्थानीय जनताको तिव्र चाहना र आफुहरुको अनुरोध समेतलाई ध्यानमा राखी कोल्हवी नगरपालिकामा बैंक स्थापना गरिदिएकोमा बैंक परिवारलाई विशेष धन्यवाद दिंदै, बैंकलाई अबका दिनमा कोल्हवी नागरंपालिकामा नै रहीरहने बातवरण तयार गर्ने जिम्मा तपाई हाम्रो कांधमा आएकोले बैंकको कारोबारमा अभिवृद्धिका लागि सम्पूर्ण स्थानीयबासिहरुलाई कृषि विकास बैंकबाट नै बैकिङ्ग कारोबार गर्न आग्रह गरेका थिए । 

सो अवसरमा कोल्ग्वी नगरपालिकाका मेयर भरत भण्डारीले कृषि विकास बैंकको कोल्हवी शाखालाई विगतको प्रतिवद्धता अनुरुप नगरपालीकाले जग्गा उपलव्ध गराउने प्रतिवद्धता समेत व्यक्त गरेका थिए । 

उदघाटन कार्यक्रमका अध्यक्ष तथा कृषि विकास बैंक लि. क्षेत्रिय कार्यालय विरगंगजका निर्देशक बाबुकाजी थापाले बैंकले अबका दिनमा कोल्हवीबासीलाई मनछुने गरी उपलव्ध गराउन सक्ने बैंकिङ्ग सेवाका बारेमा,  बैंकले वित्तीय कारोवारका साथै सामाजिक सामुदायिक कार्यक्रम संचालन गर्ने, देशको आर्थिक विकासमा टेवा पु–याउने, उद्यमशीलता विकासमा महत्वपूर्ण योगदान गर्न सबै नेपालीहरुको घर आँगनको बैंकको रुपमा कार्य गरेको विषयमा प्रकाश पारेका थिए ।

समुदघाटन कार्यक्रममा स्वागत मन्तव्य कृषि विकास बैंक लि शाखा कार्यालय कोल्हवीका प्रबन्धक दिपक सुवेदीले गरेका थिए । स्थानीय सेवाग्राही तथा सर्वसाधारण जनताको व्यापक उपस्थिति रहेको उदघाटन समारोहमा २ नं. क्षेत्रका प्रबन्धक तथा कर्मचारीहरुको पनि उपस्थित रहेको थियो ।

उक्त कार्यक्रममा कृषि विकास बैंक लि.का उप–महाप्रबन्धक पूर्ण प्रसाद आचार्य, प्रबक्ता हिमलाल पौडेल, क्षेत्रीय कार्यालयका शा.प्र. रामचन्द्र अधिकारी, क्षेत्रिय कार्यालय विरगंजका कर्मचारीहरु समेत उपस्थिती रहेको थियो ।

सो कार्यक्रममा बैंकमा पहिलो खाता खोल्ने ग्राहक महानुभावहरुलाई बैंकका प्रमुख कार्यकारी अधिकृत उपाध्यायले चेकबुक हस्तान्त्रण समेत गरेका थिए । 

सो उदघाटन कार्यक्रमको संचालन कृषि विकास बैंक क्षेत्रिय कार्यालय विरगंजका शा.प्र.नारायण प्रसाद शर्माले गरेका थिए ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै