पत्रकार घिमिरेको ‘होचो ढोका’ सार्वजनिक

खरीबोट

काठमाडौँ । पत्रकार शिवहरि घिमिरेद्वारा लिखित पुस्तक ‘होचो ढोका’ सार्वजनिक भएको छ । 

स्वदेश प्रकाशन प्रालिले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा गोविन्द टण्डन र नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पुस्तक लोकार्पण गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखक एवं पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । वास्तविक जनताको इतिहासले अझै पूर्णता नपाएकाले साहित्यकारको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ थियो । 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरानै विषय वस्तुलाई नयाँ स्वरुपमा सम्प्रेषणीय बनाई प्रस्तुत गरे नेपाली साहित्य विश्वसामु पुग्ने बताए । पुस्तकको समीक्षा गर्दै संस्कृतिविद् डा टण्डनले हराउँदै गएको कला, संस्कृति र मौलिकतालाई स्मरण गराउन पुस्तक सफल रहेको बताए । 

‘होचो ढोका’ शासकबाट छोरी बुहारीलाई जोगाउन मात्र नभई आँगनको देवतालाई दर्शन गर्न जाँदा शिर निहुर्याएर जान सकियोस् भनी राखिएको उनको भनाइ थियो । नागरिक दैनिकका सम्पादक लुइँटेलले समाचार सङ्कलन गरिरहेको विषयलाई सूक्ष्म रुपले खोज गरी प्रस्तुत गरे पुस्तक बन्ने उदाहरण लेखक घिमिरेले स्थापित गरेको बताए । 

तीन वर्षसम्म कला एवं संस्कृति विषयमा गरेको समाचार सङ्कलनको विषयलाई पुस्तकमा समावेश गरिएको सुनाए । १८२ पृष्ठको पुस्तकमा ६७ शीर्षक छन् । स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको पुस्तकको मूल्य रु ३२५ छ । 

सम्बन्धित समाचार

पुस्तकमा भन्सार युनेस्कोको नियम विपरीत

काठमाडौँ । पहिलो पटक भारतबाट आयात हुने गरेका सबै प्रकृतिका पुस्तकमा १० प्रतिशत भन्सार महसुल लागू हुने भएको छ । आगामी आर्थिक वर्षको साउन १ गतेबाट १० प्रतिशत भन्सार महसुल

पत्रकार पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथामा बिमोचन 

काठमाडौँ । अमेरिकाको न्यूयोर्कलाई कर्मभूमि बनाउदै आएका पत्रकार किशोर पन्थीको पुस्तक कम्पनको दोश्रो संस्करण सगरमाथाबाट बिमोचन गरिएको छ । सगरमाथा आरोही कामीरिता शेर्पाले २४ औं पटक सगरमाथा आरोहणका क्रममा कम्पनको बिमोचन

र्यालीसँगै सवारी चालक अनुमती–पत्र सम्बन्धी पुस्तक बाँडियो

बारा । प्रदेश नम्बर २ ट्राफिक प्रहरी कार्यालय पथलैया बाराको आयोजनामा ट्राफिक सचेतना र्याली तथा सवारी चालक अनुमती–पत्र सम्बन्धी पुस्तक बितरण गरिएको छ । ‘यु.एन. ग्लोबल रोड सेफ्टी विक’ का अवसरमा

नरहरि आचार्यको बन्दी वृत्तान्त ‘गणतन्त्रको यात्रा’ सार्वजनिक

काठमाडौँ । नेपाली काँग्रेसका नेता नरहरि आचार्यको बन्दी वृत्तान्तमा आधारित ‘गणतन्त्रको यात्रा’ पुस्तकले समग्र देशको गणतान्त्रिक आन्दोलनको सकसपूर्ण यात्रा समेटेको साहित्यकार, राजनीतिक विष्लेषक तथा अधिकारकर्मीले औँल्याएका छन् ।  राजधानीमा उक्त पुस्तकको


z