• २०८१ बैशाख ८ शनिबार

पत्रकार घिमिरेको ‘होचो ढोका’ सार्वजनिक

kharibot

काठमाडौँ । पत्रकार शिवहरि घिमिरेद्वारा लिखित पुस्तक ‘होचो ढोका’ सार्वजनिक भएको छ । 

स्वदेश प्रकाशन प्रालिले आज यहाँ आयोजना गरेको कार्यक्रममा पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, संस्कृतिविद् डा गोविन्द टण्डन र नागरिक दैनिकका सम्पादक गुणराज लुइँटेलले पुस्तक लोकार्पण गरेका छन् । 

कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री रायमाझीले इतिहासको खोज, रक्षा र विकासमा लेखक एवं पत्रकारको भूमिका महत्वपूर्ण हुने बताए । वास्तविक जनताको इतिहासले अझै पूर्णता नपाएकाले साहित्यकारको ध्यान त्यसतर्फ जानुपर्ने उनको भनाइ थियो । 

वाङ्मय शताब्दी पुरुष सत्यमोहन जोशीले पुरानै विषय वस्तुलाई नयाँ स्वरुपमा सम्प्रेषणीय बनाई प्रस्तुत गरे नेपाली साहित्य विश्वसामु पुग्ने बताए । पुस्तकको समीक्षा गर्दै संस्कृतिविद् डा टण्डनले हराउँदै गएको कला, संस्कृति र मौलिकतालाई स्मरण गराउन पुस्तक सफल रहेको बताए । 

‘होचो ढोका’ शासकबाट छोरी बुहारीलाई जोगाउन मात्र नभई आँगनको देवतालाई दर्शन गर्न जाँदा शिर निहुर्याएर जान सकियोस् भनी राखिएको उनको भनाइ थियो । नागरिक दैनिकका सम्पादक लुइँटेलले समाचार सङ्कलन गरिरहेको विषयलाई सूक्ष्म रुपले खोज गरी प्रस्तुत गरे पुस्तक बन्ने उदाहरण लेखक घिमिरेले स्थापित गरेको बताए । 

तीन वर्षसम्म कला एवं संस्कृति विषयमा गरेको समाचार सङ्कलनको विषयलाई पुस्तकमा समावेश गरिएको सुनाए । १८२ पृष्ठको पुस्तकमा ६७ शीर्षक छन् । स्वदेश प्रकाशन प्रालिले बजारमा ल्याएको पुस्तकको मूल्य रु ३२५ छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै