• २०८१ बैशाख ५ बुधबार

मुक्तिनाथ विकास बैंकको १३औं वार्षिकउत्सवमा सामाजिक उत्तरदायित्व कार्यक्रम

kharibot

काठमाडौँ । मुक्तिनाथ विकास बैंकले आफ्नो १३औं वार्षिकउत्सवको अवसरमा गर्दै आएको सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिएको छ ।

बैंकले सामाजिक उत्तरदायित्व कार्यक्रमलाई निरन्तरता दिनेक्रममा सिराहाको लाहान शाखाले लाहान बजार तथा टोलमा डस्टबीन वितरण गरेको छ ।

त्यस्तै काठमाडौँको ठमेल शाखाले मानव सेवा आश्रममा खाद्यान्न तथा लत्ताकपडा वितरण तथा केन्द्रिय कार्यालय काठमाण्डौंले बाग्मती सरसफाई अभियानलाई सरसफाईका लागि आवश्यक सामाग्री हस्तान्तरण गरी मनाएका छन् । 

बैंकले साप्ताहिक वार्षिकउत्सव विशेष कार्यक्रम हप्ताभरी नै सञ्चालन गर्दै आइरहेको छ ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै