एउटै माछाको मूल्य ३४ करोड

खरीबोट

एउटा विशाल ब्लुफिन टुना माछाको लागि जापानको एउटा रेष्टुराँ सञ्चालकले ३.१ मिलियन डलर अर्थात् करिब ३४ करोड नेपाली रुपैयाँ खर्चेका छन् ।

शनिबार जापानको राजधानी टोक्योमा रहेको माछाबजारमा भएको नयाँ वर्षे लिलामीमा उक्त रेष्टुराँका मालिक कियोशी किमुराले एउटै माछाको लागि यति ठूलो रकम खर्च गरेका हुन् । 

यस्तै लिलामी सन् २०१३ मा पनि भएको थियो । त्यतिबेला १५५ मिलियन जापानी येनमा भएको लिलामीलाई अहिले त्यसको दोब्बर झण्डै ३३३.६ मिलियन जापानी येनमा किमुराले उछिनेका हुन् ।

टुना किंगको नामले परिचित उक्त माछो २ सय ७८ किलो तोलको रहेको एजेन्सीहरुले बताएका छन् ।

उक्त ब्लुफिन टुना उत्तरी जापानमा समाइएको थियो । 

सम्बन्धित समाचार

माछापुच्छ्रे बैंकलाई अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र आईएसओ ९००१ः २०१५ प्राप्त

काठमाडौं । माछापुच्छ्रे बैंक आईएसओ ९००१ः २०१५ मान्यता प्राप्त बैंकिङ संस्था बन्न सफल भएको छ । उक्त अन्तर्राष्ट्रिय गुणस्तर प्रमाणपत्र बैंकलाई युनाइटेड रजिस्टार अफ सिस्टम्स युकेएस÷युकेद्वाराप्रदान गरिएको हो । आईएसओ ९००१ः २०१५

माछापुच्छ्रे बैंकका नवनिर्वाचित अध्यक्षद्वारा शपथग्रहण

काठमाडौं । माछापुच्छ्रे बैंकको २०७५ साल पौष २० गते बसेको बैंकको २० औं साधारणसभाबाट अध्यक्ष पदमा निर्विरोध निर्वाचित भएका डा. वीरेन्द्र प्रसाद महतोले नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरंजीवी नेपालसमक्ष

एउटै माछाको मूल्य ३४ करोड

एउटा विशाल ब्लुफिन टुना माछाको लागि जापानको एउटा रेष्टुराँ सञ्चालकले ३.१ मिलियन डलर अर्थात् करिब ३४ करोड नेपाली रुपैयाँ खर्चेका छन् । शनिबार जापानको राजधानी टोक्योमा रहेको माछाबजारमा भएको नयाँ वर्षे

एउटै टुना माछा ३४ करोड ७२ लाखमा बिक्री !

टोकियो । जापानका एकजना सुसी व्यवसायीले टोकियोमा खुलेको नयाँ माछा बजारमा शनिबार एउटा विशाल टुना माछा ३१ लाख अमेरिकी डलर (रु.३४ करोड ७२ लाख) मा खरिद गरेका छन् । जापानमा एउटै माछाको


z