• २०८१ बैशाख ७ शुक्रबार

एउटै माछाको मूल्य ३४ करोड

kharibot

एउटा विशाल ब्लुफिन टुना माछाको लागि जापानको एउटा रेष्टुराँ सञ्चालकले ३.१ मिलियन डलर अर्थात् करिब ३४ करोड नेपाली रुपैयाँ खर्चेका छन् ।

शनिबार जापानको राजधानी टोक्योमा रहेको माछाबजारमा भएको नयाँ वर्षे लिलामीमा उक्त रेष्टुराँका मालिक कियोशी किमुराले एउटै माछाको लागि यति ठूलो रकम खर्च गरेका हुन् । 

यस्तै लिलामी सन् २०१३ मा पनि भएको थियो । त्यतिबेला १५५ मिलियन जापानी येनमा भएको लिलामीलाई अहिले त्यसको दोब्बर झण्डै ३३३.६ मिलियन जापानी येनमा किमुराले उछिनेका हुन् ।

टुना किंगको नामले परिचित उक्त माछो २ सय ७८ किलो तोलको रहेको एजेन्सीहरुले बताएका छन् ।

उक्त ब्लुफिन टुना उत्तरी जापानमा समाइएको थियो । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै