• २०८१ बैशाख ७ शुक्रबार

सिटिजन्स बैंकको प्रदेश नं ५ को प्रादेशिक कार्यालय नेपालगञ्जमा

kharibot

फाइल तस्बिर ।

काठमाडौं । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले प्रदेश नं ५ को प्रादेशिक कार्यालय आफ्नै सुविधा सम्पन्न भवन नेपालगंजमा स्थापना गरेको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ । यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैकले जानकारी दिएको छ । 

उक्त कार्यालयको आरम्भ समारोहमा प्रदेश नं ५ का उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो ।

प्रदेश नं ५ अन्तर्गत बैंकका ११ वटा शाखाहरु (बढैेयाताल, बंगलाचुली, भुमही, भुमे, बुटवल, छहरा, घोराही, झिमरुक, नेपालगंज, सानोश्री तथा सिद्धार्थनगर) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसंगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ । प्रदेश नं ५ मा रहेका १३ जिल्ला मध्ये सात वटा जिल्लामा बैंकको पहुँच रहेको छ ।

बैंकका अनुसार पाँच नम्वर प्रदेशमा बैंकले करिव ४० हजार ग्राहकवर्गलाई  बैंकिंग सेवा प्रदान गर्दै आएको छ । यस अगावै बैंकले प्रदेश नं १ को प्रादेशिक कार्यालय बिराटनगरमा, प्रदेश नं २ को प्रादेशिक कार्यालय बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को प्रादेशिक कार्यालय पोखराको सिमलचौरमा आफ्नै सुविधा सम्पन्न भवनमा स्थापना गरिसकेको छ । 

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको  बैंकले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्न किसिमका निक्षेप तथा कर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै