• २०८१ बैशाख १३ बिहीबार

मालिका बचत तथा ऋण सहकारीको ११औँ साधारणसभा  

kharibot

काठमाडौं । मालिका बचत तथा ऋण सहकारीले ११औँ साधारणसभा गरेको छ ।

बालुवाटारस्थित ओपेर ब्यानक्वेटमा आयोजिक कार्यक्रममा राष्ट्र बैँकका कार्यकारी निर्देशक नरबहादुर थापाको प्रमुख आतिथ्य र काठमाण्डौँ महानगरपालिका सहकारी विभागका प्रमुख नमराज ढकालको विशेष आतिथ्यमा सहकारीको साधारणसभा गरिएको हो । 

कार्यक्रममा बोल्दै निर्देशक थापाले सहकारीले सानो कर्जा उपयोग गर्नेलाई  सजिलो भएको बताउँदै  सानो उद्योग व्यवसायीले  कर्जा लिन जाने ठाउँ नै सहकारी भएकोले सहकारीमा आबद्ध भएर पुँजी निर्माण गर्न आग्रह गरे ।

त्यस्तै कार्यक्रममा महानगरका सहकारी विभाग प्रमुख नमराज ढकालले सहकारी संस्थाहरुले ऐन, नियम र मापदण्ड कायम गर्नुपर्नेमा जोड दिदै वित्तीय संस्थाहरुको संख्यात्मक वृद्धि भए पनि गुणस्तरीय वृद्धि हुन नसकेको टिप्पणी गरे । उनले सहकारीप्रतिको दृष्टिकोण नकारात्मक देखिएको बताउँदै सहकारीका सेयर सदस्यहरु मालिक र सेवाग्राही दुवै भएकाले सहकारीमा बचत गर्न सहज हुने बताए । 

संस्थाका संयोजक तारामान सिंह धामीले समावेशीतालाई टिमले समेट्न सकेकाले संस्था  रोल मोडेल बन्न सफल भएको बताए । कार्यक्रममा उत्कृष्ट कारोबार गर्ने, संस्थाको विकासमा सहयोग पुर्याउने  सेयरसदस्य तथा एसईईमा उत्कृष्ट अंक ल्याउने सेयर सदस्यका छोराछोरीलाई सम्मान समेत गरिएको थियो ।

संस्थाले दश वर्षको अवधिमा  ६ करोड २० लाख  ६९ हजार पुँजी र  ४५ लाख जगेडाकोषमा  जम्मा भएको बताएको छ । संस्थाले सेयरपुँजी वृद्धि गरी  ९ करोड  पुर्याउने  योजना रहेको बताएको छ । त्यस्तै, सेयर सदस्यहरुलाई  सुविधा दिन  कामपा ११ र २९ मा सदस्य सेवा केन्द्र खोल्ने र संस्थाको लागि उपयुक्त ठाउँमा  घर जग्गा समेत खरिद गर्ने योजना भएको बताएको छ ।

कार्यक्रममा अतिथिहरुलाई मायाको चिनो समेत प्रदान गरिएको थियो ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै