• २०८१ बैशाख ७ शुक्रबार

बार्सिलोनाको जितमा मेसी र स्वरेजको गोल 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा बार्सिलोनाले गेटाफेमाथि सहज जित हासिल गरेको छ ।

गएराती भएको खेलमा बार्सिलोनाले लियोनेल मेसी र लुइस स्वरेजको गोलको मद्धतले २-१ गोल अन्तरले जित हासिल गरेको हो । खेलको २०औ मिनेटमा मेसीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए भने स्वरेजले खेलको ३९औ मिनेटमा गोल गर्दै बार्सिलोनाको अग्रतालाई दोब्बर पारेका थिए ।

गेटाफेले खेलको ४३औ मिनेटमा जैमे माटाको गोलबाट एक गोल फर्काएको थियो ।

मेसीले यस खेलमा गरेको गोलसँगै ला लिगामा आफ्नो गोल संख्या ३९९ पुर्याएका छन् भने ४ सयको आँकडा पुर्याउन एक गोलले टाढा रहेका छन् । त्यस्तै मेसीले यस सिजनको ला लिगामा आफ्नो गोल संख्या १६ पुर्याएका छन् ।  

जितपछि बार्सिलोनाले लिगमा ५ अंकको स्पष्ट अग्रता हासिल गरेको छ । बार्सिलोनाको १८ खेलमा ४० अंक छ भने दोस्रो स्थानमा रहेको एथलेटिको म्याड्रिडको १८ खेलमा ३५ अंक रहेको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै