• २०८१ बैशाख ७ शुक्रबार

रियल म्याड्रिडको संकट बढ्यो, सोसीयडाडसँग पराजित 

kharibot

काठमाडौँ । स्पेनिस ला लिगामा रियल म्याड्रिड रियल सोसीएयडाडसँग पराजित भएको छ । गएराती रियल म्यदरी को घरेलु मैदानमा भएको खेलमा सोसीएयडाडले रियल म्याड्रिडलाई २-० गोल अन्तरले पराजित गरेको हो ।

सोसीएयडाडको जितमा विलियन जोस र रुबेन पार्ड़ोले एक एक गोल गरेका थिए । जोसले खेलको तेस्रो मिनेटमै पेनाल्टीबाट गोल गर्दै खेलमा सुरुवाती अग्रता लिएका थिए भने पार्ड़ोले खेलको ८३औ मिनेटमा गोल गर्दै अग्रता दोब्बर पारेका थिए । रियल म्याड्रिड खेलक ६१औ मिनेटमा लुकास भासक्वेजले दोहोरो पहेलो कार्ड पाएर मैदान छोडेपछि १० खेलाडीमा सिमित भएको थियो ।

सोसीएयडाडले सन् २००४ पछि पहिलो पटक रियल म्याड्रिडलाई उसकै घरेलुमैदानमा पराजित गरेको छ भने रियल म्याड्रिडको यस सिजनको ला लिगामा यो छैठौ हार हो ।

रियल म्याड्रिड हारसँगै लिगको पाँचौ स्थानमा झरेको छ । रियलको १८ खेलमा ३० अंक रहेको छ भने शिर्ष स्थानमा रहेको बार्सिलोना भन्दा १० अंकले पछाडी रहेको छ । त्यस्तै रियल सोसीएयडाडको भने १८ खेलमा २२ अंक रहेको छ भने लिगको १२औ स्थानमा रहेको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै