• २०८१ बैशाख ८ शनिबार

अस्ट्रेलियन भुमिमा भारतले पहिलो पटक जित्यो टेस्ट सिरिज 

kharibot

काठमाडौँ । अस्ट्रेलियन भूमिमामा भारतले पहिलो पटक टेस्ट सिरिज जितेको छ । अस्ट्रेलिया र भारतबीचको चौथो टेस्टको पाचौ दिन बर्षाका कारण खेल स्थगित हुदै बराबरीमा सकिएपछि भारतले बोर्डर-गावस्कर सिरिज २-१ ले जितेको हो । 

यो सिरिजपछि भारत अस्ट्रेलियामा टेस्ट सिरिज जित्ने पहिलो एशियन टिम समेत बनेको छ । भारत टिमका कप्तान विराट कोहली अस्ट्रेलियामा टेस्ट सिरिज जित्ने पहिलो भारतीय कप्तान बन्दै नयाँ रेकर्ड बनाएका छन् । विराटले आफु विश्वकप जित्दा भन्दा बढी भावुक बनेको प्रतिक्रिया दिएका छन् ।

सिरिजमा ४ खेलका ७ पारीमा तीन शतकसहित ५२१ रन बनाएका भारतका चैतेश्वोर पुजारा प्लेयर अफ द सिरिज बनेका छन् । प्रतियोगितामा भारतीय बलर जसप्रित बुमराह र अस्ट्रेलियाका बालर नाथन लियोनले २१-२१ विकेट लिएका थिए । सिरिजमा कुल ४ शतक बनेकोमा पाँचै शतक भारतीय ब्याट्सम्यानले बनाएका थिए । जसमा पुजाराले ३, रिषव पन्त र विराट कोहलीले एक एक शतक बनाएका थिए ।   

यसअघि चौथो दिन वर्षाले गर्दा ढिलो गरी सुरु भएको खेलमा अस्ट्रेलिया ३ सय रन बनाउदै अल आउट भएपछि पहिलो पारीमा ३२२ रनले पछि परेपछि भारतले अस्ट्रेलियालाई फलो अन दिदै फेरी ब्याटिंगका लागि बोलाएको थियो ।चौथो दिनको खेल सकिदा अस्ट्रेलियाले कुनै विकेट नगुमाई ६ रन बनाउदा खेल रोकिएको थियो । 

३३ बर्षपछि भारतसँग फलोअनमा :

अस्ट्रेलिया आफ्नो घरेलुमैदानमा ३३ बर्षपछि भारतसँग फलोअनमा परेको छ । यसअघि अस्ट्रेलि लाई भारतले सन् १९८६ मा फलोअनमा पारेको थियो । कपिलदेवको कप्तानीमा खेलेको भारतीय टिमले अहिले खेल भैरहेको सिड्नी मैदानमा नै फलोअन दिएको थियो । 

अस्ट्रेलियाका लागि पहिलो पारीमा मार्कस ह्यारिसले सर्वाधिक ७९ रन बनाए भने मार्नस लाबुसचंगनेले ३८ रन बनाए । त्यस्तै उशमान ख्वाजाले २७ रन बनाए भने ट्राभिस हेडले २० रन बनाए । त्यस्तै शन मार्श ८ रन बनाएर आउट भए भने कप्तान टिम पेन ५ रन बनाएर आउट भए । 

अस्ट्रेलियाका ब्याट्सम्यान पिटर ह्यान्ड्सकम्ब २१ रन र पिट कमिन्स २५ रन बनाएर आउट भए भने मिचेल स्टार्कले २९ रन बनाएर अविजित रहे । अस्ट्रेलियाका लागि ओपनर ह्यारिस र ख्वाजाले ७२ रनको साझेदारी गरेका थिए भने ह्यारिस र लाबुसचंगनेले दोस्रो विकेटका लागि ५६ रनको साझेदारी गरेका थिए । अन्तिम विकेटका लागि हजेलवुड र स्टार्कले ४२ रनको साझेदारी गरेका थिए । 

भारतका लागि बलर कुलदीप यादवले ५ विकेट लिए भने उनी अस्ट्रेलियामा एक पारीमा ५ विकेट लिने छैठौ भारतीय बलर बनेका छन् । त्यस्तै रविन्द्र जडेजा र मोहमद सामीले २-२ विकेट लिए भने जसप्रित बुमराहले एक विकेट लिए ।

यसअघि तेस्रो दिनको खेल सकिदा अस्ट्रेलियाले ६ विकेट गुमाएर २३६ रन बनाएको थियो । 

रिषव पन्तको रेकर्ड :

भारतका विकेटकिपर ब्याट्सम्यान रिषव पन्तले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । रिषवले हाल जारी अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा १५९ रनको अविजित पारी खेल्दै भारत बाहिर अहिलेसम्मकै धेरै रन बनाउने विकेटकिपर ब्याट्सम्यान बनेका छन् । यस सिरिजमा पन्तले कुल ३५० रन बनाउदै कप्तान विराट कोहलीभन्दा धेरै रन बनाउदै सिरिजमा धेरै रन बनाउने खेलाडीको सुचीमा पुजारापछि दोस्रो स्थानमा रहेका छन् । 

टेस्ट क्रिकेटमा दोस्रो शतक बनाएका रिषवले यस अघि महेन्द्र सिंह धोनीले पाकिस्तान विरुद्ध बनाएको रेकर्डलाई पछाडी पारेका छन् । धोनीले यस अघि २००६ मा पाकिस्तानविरुद्ध फैसलावादमा १४८ रनको पारी खेल्दै भारत बाहिर धेरै रन बनाउने विकेटकिपर बनेका थिए । 

त्यस्तै अस्ट्रेलियामा टेस्ट खेलमा शतक बनाउने पहिलो विकेटकिपर ब्याट्सम्यान समेत बनेका छन् । यसअघि कुनैपनि विकेटकिपर ब्याट्सम्यानले अस्ट्रेलियामा शतक बनाएका थिएनन् । साथै रिषव इङल्याण्ड र अस्ट्रेलियामा शतक बनाउने दोस्रो विकेटकिपर ब्याट्सम्यान समेत बनेका छन् । यसअघि १९८४ मा वेस्टइन्डिजका जेफ्री डुजोनले म्यानचेस्टर र पर्थमा शतक बनाएका थिए । 

तीन शतकीय साझेदारी :

भारतको पारीमा तीन शतकीय साझेदारी भएका थिए । सातौ विकेटका लागि रिषव पन्त र रविन्द्र जडेजाबीच २२४ बलमा २०४ रनको साझेदारी बनेको थियो । भारतका लागि टेस्ट क्रिकेटमा सातौ विकेटका लागि भयेकू यो अहिलेसम्म कै दोस्रो ठुलो साझेदारी हो । यस अघि २००२ मा वेस्टइन्डिजविरुद्ध भिभिएस लक्ष्मण र अजय रात्राबीच सातौ विकेटका लागि २१७ रनको साझेदारी भएको थियो । 

त्यस्तै भारतीय पारीमा दोस्रो विकेटका लागि चैतेश्वोर पुजारा र मयंक अग्रवालबिच ११६ रनको साझेदारी बनेको थियो भने पाँचौ विकेटका लागि पुजारा र हनुमा विहारीबिच १०१ रनको साझेदारी बनेको थियो ।

सिरिजमा पुजाराको तेस्रो शतक : 

अस्ट्रेलियाविरुद्धको टेस्ट सिरिजको चौथो खेलमा भारतीय ब्याट्सम्यान चैतेश्वोर पुजाराले शतक प्रहार गरेका छन् । टेस्टको पहिलो दिन पुजारा अहिले १३० रन बनाएका पुजारा दोस्रो दिन १९३ रन बनाएर आउट भएका थिए ।

सिरीजको चौथो तथा अन्तिम टेस्टमा टस जितेर पहिला ब्याटिंग गरेको भारतले उत्कृष्ट सुरुवात पहिलो दिन ४ विकेट गुमाएर ३०३ रन बनाएको थियो । यसैक्रममा पुजाराले आफ्नो शतक पुरा गरेका हुन् । पुजाराको यस सिरिजमा यो तेस्रो शतक हो । यसअघि उनले पहिलो टेस्टको पहिलो पारीमा १२४ र तेस्रो टेस्टको पहिलो पारीमा १०६ रनको पारी खेलेका थिए । त्यस्तै पहिलो टेस्टको दोस्रो पारीमा ७१ रनको अर्धशतकीय पारी समेत खेलेका थिए ।

पुजाराले यस सिरिजमा तीन शतक सहित अहिलेसम्म ५२१  रन बनाउदै सिरिजमा धेरै रन बनाउने खेलाडी बनेका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै