• २०८१ बैशाख ६ बिहीबार

दुर्गम ठाउमा कृषि विकास बैंकका शाखा 

kharibot

काठमाडौँ । कृषि विकास बैंकले कर्णाली प्रदेशका अति दुर्गम स्थानमा आफ्ना शाखा कार्यालय खोलेको छ ।

यातायातको पनि सुविधा नभएका ठाउंमा बैंकले आफ्ना नयाँ शाखा विस्तार गरेको छ । यसैक्रममा बैंकले कालिकोट जिल्लाका नरहरिनाथ गाउँपालिकाको कुमालगाँउ तथा शुभकालिका गाउँपालिकाको सुकाटिया र जाजरकोट जिल्लाको बारेकोट गाउँपालिकाको लिम्सामा कृषि विकास बैंक लि.का कार्यालयहरु स्थापना गरिसकेको छ । 

बैंकले स्थापना गर्नुपर्ने अन्य नयाँ शाखाहरुको लागि कर्मचारीहरु खटाईसकिएको र चाहिने न्यूनतम पूर्वाधारका लागि कृषि विकास बैंक लि. नेपालगंज र केन्द्रीय कार्यालय अभियानको रुपमा जुटि रहेको बैंकले जनाएको छ । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै