• २०८१ बैशाख ८ शनिबार

गुलशन ग्रोभर बन्ने भए सडक-२ मा भिलेन 

kharibot

काठमाडौँ । बलिवुडमा २७ बर्ष अघि बनेको फिल्म सडकको सिक्वेल बन्ने क्रममा रहेको छ । 

संजय दत्त र पुजा भट्ट अभिनित फिल्म सडकमा भिलेनको भूमिका निभाएका सदाशिव ओमपुरकरको भूमिका निकै महत्वपूर्ण रहेको थियो । २७ बर्ष अघि बनेको सो रोमान्टिक ड्रामा फिल्मको सिक्वेलमा भने भिलेनको भूमिका चर्चित बलिवुड अभिनेता गुलशन ग्रोभरले निभाउने भएका छन् ।  

सडक-२ मा संजय दत्त र पुजा भट्टका अलावा आलिया भट्ट र आदित्य राय कपुरले अभिनय गर्दै छन् । महेश भट्टले निर्देशन गर्ने यो फिल्ममा ब्याड म्यानको उपनामले चर्चित ग्रोभर सडक-२ को चर्चित भिलेनको भूमिकामा देखिने भएको छ ।

ग्रोभरले यो भूमिकालाई लिएर निकै उत्साहित रहेको बताउदै सदाशिवले जस्ता आफुले पनि सो भूमिकालाई न्याय गर्ने बताए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै