• २०८१ बैशाख १४ शुक्रबार

सिटिजन्स बैंकद्वारा कर्णालीको प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना 

kharibot

काठमाडौ । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले कर्णाली प्रदेशको प्रादेशिक कार्यालय सुर्खेतमा स्थापना गरेको छ । नेपालको संविधान २०७२ ले नेपाल राज्यको संरचना ः संघ, प्रदेश र स्थानीय गरी तीन तहमा हुने व्यवस्था गरेको छ ।

यी तीन तहको सहकारिता, सह–अस्तित्व र समन्वयको सिद्धान्तलाई आत्मसाथ गर्दै प्रादेशिक कार्यालयको स्थापना गरिएको बैंकले जानकारी दिएको छ । उक्त कार्यालयको आरम्भ समारोहमा कर्णाली प्रदेशका उच्चपदस्थ सरकारी कर्मचारी, उद्योगी, व्यापारी, विभिन्न संघ संस्थाका प्रमुख तथा नागरिक समाजका अगुवाहरुको बाक्लो उपस्थिति रहेको थियो । 

कर्णाली प्रदेश अन्तर्गत बैंकका सात वटा शाखाहरु (डोल्पा, जाजरकोट, जुम्ला, हुम्लाको नाम्खा, सर्केगार्ड रसिमिकोट तथा सुर्खेत) बाट व्यापार बिस्तारका साथ साथै शाखाहरुसँगको समन्वय, निगरानी, संस्थागत सुशासन, जोखिम व्यवस्थापन एवम गुनासो सुनुवाई जस्ता कार्यहरू प्रादेशिक कार्यालयले छिटो, छरितो, चुस्त र दुरुस्त रूपमा सम्पादन गर्ने विश्वास बैंकले लिएको छ । कर्णाली प्रदेशमा रहेका १० जिल्ला मध्ये पाँच वटा जिल्लामा बैंकको पहुँच रहेको छ ।

सो प्रदेशमा बैंकले करिव ३० हजार ग्राहकवर्गलाई  बैंकिंग सेवाप्रदानगर्दै आएको छ । नियमनकारी निकायको निर्देशन अगावै यस बैंकले नेपालको दुर्गम क्षेत्रमाशाखाहरू विस्तार गरि सकेको थियो । कर्णाली प्रदेशको हुम्लाको सिमिकोटमा २०६८ सालमा र डोल्पामा २०७१ सालमा शाखाखोलिनु यसका केहि अनुपम उदाहरणहरु भएको बैंकले जनाएको छ । बैंकले प्रादेशिक कार्यालयहरु प्रदेश नं १ को बिराटनगरमा, प्रदेश नं २ को बीरगंजको आदर्शनगरमा, प्रदेश नं ४ को पोखराको सिमलचौरमा र प्रदेश नं ५ को नेपालगंजमा, आफ्नै सुविधा सम्पन्न भवनमास्थापना गरिसकेको छ । 

नेपाली जनताको घरदैलोमा बैंकिंग सेवा पु¥याँउदैै आएको बै.कले देशैभरी फैलिएका आफ्ना ८१ वटा शाखा, ७५ वटा ए.टि.एम. र ९९ वटा शाखा रहित बैंकिङ्ग एकाईहरुबाट करिव चार लाख ग्राहकवर्गलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदानगर्दै आएको छ ।

आफ्नो ग्राहकवर्गहरुलाई विभिन्नकिसिमकानिक्षेप तथाकर्जा सुविधाहरु, रेमिट्यान्स सेवा, बैंकास्योरेन्स, आस्वा, ड्राफ्ट, भिसा ए.टि.एम.कार्ड सेवा, भिसा इन्टरनेसनल डलर कार्ड सेवा, साथै कुनै पनि शाखाबाट रकम झिक्न र राख्न सकिने जस्ता सुविधाहरु पनि उपलब्ध गराउँदै आएको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै