काठमाडौँ । फिल्म 'समर लभ'को ट्रेलर सार्वजनिक भएको छ । सुबिन भट्टराईको चर्चित उपन्यास ‘समर लभ’मा आधारित यो फिल्मको पहिलो गीत यसअघि नै सार्वजनिक भएको थियो ।
समर लभ’ प्रेमदिवस (भ्यालेन्टाइन डे) को अबसर पारेर आगामी माघ २५ बाट प्रदर्शनमा आउँदैछ । मुस्कान ढकालको निर्देशनमा तयार भएको फिल्ममा आशिष पिया र रेवती क्षेत्री प्रमुख भूमिकामा रहेका छन् ।
फिल्ममा आशिष र रेवतीसँगै सुरज सिंह ठकुरी, सरोज खनाल, ओमप्रतिक, नम्रता सापकोटा, शिशिर भण्डारी लिड अभिनयमा छन् ।
सुबिनको कथालाई सामीप्यराज तिमल्सेनाले पटकथामा ढालेका हुन् भने फिल्मको संवादमा सामिप्यले सुबिनसँग साझेदारी गरेका छन् ।
नाइटिङ्गेल इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरिएको फिल्ममा खगेन्द्र श्रेष्ठ र इन्दु भण्डारी निर्माता रहेका छन् भने विनोद अधिकारी कार्यकारी निर्माता छन् । अर्जुन जिसीले सम्पादन गरेको 'समर लभ'मा स्वपन सरकार र मनोज बिक सहनिर्माता र एकराज तामाङ लाइन प्रोड्युसर रहेका छन् ।