‘हृदय भरी’ मा पल शाहको दुई हिरोइनसँग रोमान्स

खरीबोट

काठमाडौँ । राजधानीमा एक कार्यक्रमको आयोजना गर्दै फिल्म ‘हृदय भरी’ निर्माण हुने औपचारिक रुपमा घोषणा गरिएको छ ।

सुरज सुब्बा नाल्बोको लेखन तथा निर्देशनमा तयार हुने फिल्ममा पल शाह, निर शाह, सुनिल थापा, काश बाबु, अनुराग कुवंर, निर्मल शर्मा, सलोन बस्नेत, रेखा लिम्बु, कविता रेग्मी, अभिदिथ खाती, बिके श्रेष्ठ, दिपक गजमेर, प्रेम श्रेष्ठ, हटीनटी अनुपम श्रेष्ठ, आयुषमान घिमिरे, सुमन श्री लगायतको अभिनय रहनेछ ।

यसै फिल्म मार्फत श्रद्धा छेत्री नेपाली फिल्ममा डेब्यु गर्दै्छिन् । भारतको कोलकत्तामा बसोबास गर्दै आएकी श्रद्धा त्यहाँ चिनिने मोडल हुन् ।

फिल्मलाई एन फिल्मस् एण्ड क्रिएशन, शाह प्रोडक्सन प्रा.लि र दिपीन्द्र फिल्मसको संयुक्त ब्यानरमा निकेश लिम्बु, चन्दन शाह तथा दिपीन्द्र राईले निर्माण गर्दैछन् ।

त्रिकोणात्मक प्रेम कथामा निर्माण हुने फिल्ममा सौरभ बिश्वास र रुचि बिश्वास सह निर्माताको रुपमा रहेका छन् भने प्रस्तुतकर्ता चन्दन शाह हुन् ।

फिल्म घोषणा समारोहमा चलचित्र बिकास बोर्डका निवर्तमान अध्यक्ष राजकुमार राई, चलचित्र निर्माता संघका अध्यक्ष आकाश अधिकारी लगायतले फिल्मलाई सफलताको शुभकामना दिएका थिए । राजकुमार , आकाश सहित फिल्म युनिटले पोस्टर अनावरण गर्दै फिल्मको फस्ट लुक्स सार्वजनिक गरेका थिए ।

फिल्ममा मानकृष्ण महर्जनको छायांकन , अर्जुन पोखरेल, हरी लम्साल, दिपक शर्माको संगीत , कविराज गहतराज र प्रविन सिङको कोरियोग्राफी , केदार भुषालको लेखन , बिपिन मल्लको सम्पादन रहेको छ ।

फिल्ममा प्रोडक्शन डिजाइनर अरुण रेग्मी  र प्रोडक्शन म्यानेजर अर्जुन पोखरेल रहेका छन् भने यसलाई उपत्यकामा सुनिल मानन्धर र मोफसलमा केदार पराजुलीले वितरण गर्नेछन । फिल्मको छायाँकन फागुनको तेस्रो साताबाट सुरुहुने फिल्मको फस्टलुक्सलाई टौवा क्रिएसनका विजय बश्याल र शान थापाले तयार गरेका हुन् भने यसमा श्रीधर पौडेलको फोटोग्राफी छ ।  

सम्बन्धित समाचार

आयुष्मान र शिल्पाको फिल्म 'सानो मन' को ट्रेलर सार्वजनिक  

काठमाडौँ ।  फिल्म ‘सानो मन’ को  ट्रेलर सार्वजनिक भएको छ । यसअघि सार्वजनिक भएको फिल्ममा समावेश ‘रानु कम्मर’ बोलको गीतले चर्चा बटुल्दै गर्दा निर्माण टिमले आइतबार प्रेम र रोमान्सले भरिएको

रामप्रसाद खनालको पञ्चेबाजाको गीत 'दुलाहा दुलही' सार्वजनिक 

काठमाडौँ । अमेरिकाबाट नेपाल आएका, नेपालमा लोक दोहोरी गीतको बिकास र प्रबर्धनका अभियन्ता, अग्रज लोक तथा दोहोरी गायक एबम अन्तर्राष्ट्रिय कलाकार मञ्च अमेरिकाका अध्यक्ष रामप्रसाद खनालले पञ्चेबाजाको बिशेष लोक दोहोरी

‘प्रेमगीत ३’ का मुख्य अभिनेता सार्वजनिक

काठमाडौँ । २०७६ कै बहुप्रतिक्षित चलचित्र ‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका बेला तेश्रो गीत को बन्ने भनेर धेरैमा उत्सुकता छ । यसै सन्दर्भमा निर्माण टिमले चलचित्रको मुख्य

गायक संजीव र टीकाको 'जानी जानी एउटा गल्ती' सार्वजनिक

गायक संजीव पराजुली र टिका प्रसाईको आवाजमा 'जानी जानी एउटा गल्ती' बोलको गीत सार्वजनिक भएको छ । गीतमा बरिष्ठ गीतकार दिनेश अधिकारीको शब्दमा संगीतकार रंजीत गजमेरको संगीत एंव संगीत-संयोजन रहेको छ


z