• २०८१ बैशाख ८ शनिबार

गोपाल खड्काविरुद्ध १८ करोड ६६ लाखको बिगो माग गर्दै मुद्धा दायर 

kharibot

काठमाडौं । नेपाल आयल निगमका पूर्व कार्यकारी निर्देशक गोपालबहादुर खड्काविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्धा दायर गरेको छ । 

अख्तियारले अकुत सम्पत्ति कमाएको आरोप लगाउदै खड्काविरुद्ध १८ करोड ६६ लाख ५ हजार बिगो दावीसहित विशेष अदालतमा आज मुद्धा दायर गरेको छ । 

निगमका लागि जग्गा खरिद गर्ने क्रममा भ्रष्टाचारमा संलग्न भएको भन्दै मन्त्रालयमा तानिएपछि खड्काले पत्रकार सम्मेलन गरेर राजीनामा दिएका थिए । उनले निगमलाई मार्गप्रशस्त गर्न राजीनामा दिएको बताएका थिए । 

अख्तियारले निजको आम्दानी पारिश्रमिकबाट ४० लाख ५७ हजार, जग्गा बिक्रिबाट ५८ लाख ७५ हजार सापटीबाट ५ करोड ३३ लाख, घर भाडाबाट १३ लाख ५६ हजार, अवकाश हुदा २ लाख २२ हजार, पेन्सनबाट १४ लाख ७८ हजार, रेमिटेन्सबाट ८ लाख २६ हजार, गाडी बिक्रिबाट ३५ लाख, छोरा बुहारीको पारिश्रमिकबाट ११ लाख गरी ७ करोड ४४ लाख तथा अन्य विभिन्न शिर्षकमा १ करोड २० लाख गरी कुल ८ करोड ६४ लाख आम्दानी देखिएको उल्लेख गरेको छ ।

साथै २०६९ साल चैत्र देखि अनुसन्धान अवधि भरमा पुर्ख्यौली घर बाहेक ३ घर निर्माण तथा खरिद गरेको, काठमाडौँ, ललितपुर र भक्तपुरमा ११ कित्ता जग्गा किनेको, घर जग्गा खरिदमा ११ करोड ६१ लाख खर्च गरेको उल्लेख गरेको छ । त्यस्तै अख्तियारले विभिन्न कम्पनीको सेयर एक करोड ६ लाख, ऋणको ब्याज भुक्तानीमा ४ करोड २२ लाख, सापटी दिएको एक करोड २५ लाख, विभिन्न व्यक्ति तथा संस्थालाई दिएको चन्दा तथा सहयोगमा एक करोड १७ लाख, बिभिन्न बैंक तथा सहकारीमा गरी कुल २५ करोड २८ लाख लगानी गरेको देखिएको अख्तियारले जानकारी दिएको छ ।

अख्तियारले आय भन्दा खर्च १८ करोड ६६ लाख बढी देखिएको भन्दै सोहि रकम बराबर बिगो माग गर्दै अदालतमा मुद्धा दायर गरेको अख्तिया का प्रवक्ता रामेश्वर दंगालले जनाकारी दिएका छन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै