शपथको मागसहित दीपक मनाङेले सभामुख र मुख्यमन्त्रीलाई भेटे 

खरीबोट

पोखरा ।प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटवार्ता गरेका छन् । 

प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त भएका थिए । जेल मुक्त भएसँगै सपथ गराइनुपर्ने मागसहित उनले एक साता अघि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । 

शपथ गराउन ढिलो भएको भन्दै उनले आज प्रदेशसभा सचिवालय पुगी सभामुख अधिकारीसँग भेट गरे । भेटपछि उनले आफ्नो मागमा सभामुख सकारात्मक रहनुभएको प्रतिक्रिया दिए । आफ्नो शपथ नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्ने मनाङेले बताए । मुख्यमन्त्री गुरुङसँग मनाङेले भेटे पनि मुख्यमन्त्री शपथका सम्बन्धमा केही बोलेनन् ।
 

सम्बन्धित समाचार

दीपक मनाङेले लिए शपथ

पोखरा । गण्डकी प्रदेशसभा सदस्य राजीव गुरुङ (दीपक मनाङे) ले आज पद तथा गोपनीयताको शपथ लिएका छन् ।  उनलाई गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारीले नदीपुरस्थित प्रदेशसभा सचिवालयमा शपथ गराएका हुन् ।

शपथको मागसहित दीपक मनाङेले सभामुख र मुख्यमन्त्रीलाई भेटे 

पोखरा ।प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटवार्ता गरेका छन् ।  प्रदेशसभा सदस्यमा निर्वाचित

 दीपक मनाङेद्वारा गण्डकी प्रदेशसभामा शपथग्रहणको लागि निवेदन 

कास्की।  राजीव गुरुङ उर्फ दीपक मनाङेले गण्डकी प्रदेशसभामा शपथग्रहणको लागि निवेदन दिएका छन् । अघिल्लो साता मात्र सर्वोच्च अदालतको आदेशमा थुनामुक्त भएका उनले बिहीबार लिखित निवेदन दिएका हुन् ।  गएको वर्ष

दीपक मनाङेको प्रदेशसभा संसद गुम्ने

काठमाडौँ । प्रदेश ४ अन्तर्गत मनाङबाट प्रदेशसभामा ख बाट निर्वाचित स्वतन्त्र उम्मेद्वार राजीव गुरुङ ‘दीपक मनाङे’ को प्रदेशसभा सदस्यता सपथ लिएसँगै समाप्त हुने भएको छ । एमालेको समर्थनमा स्वतन्त्र उम्मेदवारका रुपमा


z