• २०८१ बैशाख ८ शनिबार

शपथको मागसहित दीपक मनाङेले सभामुख र मुख्यमन्त्रीलाई भेटे 

kharibot

पोखरा ।प्रदेशसभामा मनाङबाट निर्वाचित स्वतन्त्र सदस्य राजीव गुरुङ (दीपक मनाङे)ले आफूलाई सपथ गराइनुपर्ने भन्दै आज गण्डकी प्रदेशका सभामुख नेत्रनाथ अधिकारी र मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङलाई भेटवार्ता गरेका छन् । 

प्रदेशसभा सदस्यमा निर्वाचित भए पनि पद तथा गोपनीयताको शपथ नलिएका मनाङे यही पुस पुस ६ गते सर्वोच्चको आदेशबाट जेल मुक्त भएका थिए । जेल मुक्त भएसँगै सपथ गराइनुपर्ने मागसहित उनले एक साता अघि प्रदेशसभा सचिवालयमा निवेदन दर्ता गराएका थिए । 

शपथ गराउन ढिलो भएको भन्दै उनले आज प्रदेशसभा सचिवालय पुगी सभामुख अधिकारीसँग भेट गरे । भेटपछि उनले आफ्नो मागमा सभामुख सकारात्मक रहनुभएको प्रतिक्रिया दिए । आफ्नो शपथ नभए अन्तर्राष्ट्रिय अदालतसम्म जान सक्ने मनाङेले बताए । मुख्यमन्त्री गुरुङसँग मनाङेले भेटे पनि मुख्यमन्त्री शपथका सम्बन्धमा केही बोलेनन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै