बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

खरीबोट

ललितपुर । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् । 

परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा र परीक्षाको व्यवस्थापन कारागारले गर्दै आएको छ । पढ्न चाहने कैदीबन्दीलाई यहीँ पढाउन सकिने व्यवस्था गरिएको जेलर जीवनप्रसाद दुलालले बताए । 

जिल्ला शिक्षा कार्यालयले कारागारमा अरू केन्द्रमा जस्तै परीक्षाको व्यवस्था गर्ने गरेको उहाँले जानकारी दिनुभयो । कार्यालयले एउटा ब्लकमा एउटा शिक्षकको व्यवस्था गरेको छ । यहाँका तीन ब्लक भएकाले तीन जना शिक्षकका लागि कार्यालयले न्यूनतम सुविधासहित कैदीबन्दीलाई शिक्षक तोकेको छ । 

कैदीबन्दी विभिन्न काममा संलग्न हुँदा कारागार प्रशासनलाई पनि व्यवस्थापन गर्न सजिलो हुने गरेको छ । प्रशासनले सकेसम्म उनीहरुलाई पढाइ वा काममा व्यस्त हुने वातावरणको व्यवस्था मिलाउने गरेको छ । कारागारमा कैदीबन्दी विद्यालय तहमा मात्रै नभइ कलेज तहमा समेत अध्ययनरत छन् । राष्ट्रिय परिक्षा बोर्डले ११, १२ को र स्नातक तथा स्नात्तकोत्तर तहमा त्रिभुवन विश्वविद्यालयले परीक्षाको व्यवस्था मिलाउने गरेको छ । 

सम्बन्धित समाचार

बाइस कैदीबन्दी एसइईमा सहभागी हुने

ललितपुर । नख्खु कारागारमा रहेका २२ कैदीबन्दी यस वर्षको एसइई परीक्षामा सहभागी हुने भएका छन् ।  परीक्षाको फारम भरेका विद्यार्थी तयारीमा जुटेका कारागार प्रशासनले जनाएको छ । चार वर्षपहिले देखि कैदीबन्दीको कक्षा

यस वर्षको एसइई परीक्षाको तालिका सार्वजनिक, प्रदेशस्तरबाट संचालन सकेन  

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट शुरु गर्ने गरी तालिका सार्वजनिक गरेको छ । चैत १० गते आइतबारबाट सुरु हुने परीक्षा २१ गते बिहीबारसम्म चल्नेछ ।

यस वर्षको एसइई परीक्षाको तालिका सार्वजनिक, प्रदेशस्तरबाट संचालन सकेन  

भक्तपुर। राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको एसइई परीक्षा चैत १० गतेबाट शुरु गर्ने गरी तालिका सार्वजनिक गरेको छ । चैत १० गते आइतबारबाट सुरु हुने परीक्षा २१ गते बिहीबारसम्म चल्नेछ ।

एसइईमा उतिर्ण विद्यार्थी तथा शिक्षकलाई अनेरास्ववियुको सम्मान 

काठमाडौँ । देशै भरीका सामुदायिक स्कुलका शिक्षक तथा बिद्यार्थीहरु एकै ठाउँमा जम्मा  भएका छन्  । अनेरास्वीयु र अखिल क्रान्तिकारीले संयुक्त रुपमा आयोजना गरेको एसइइ उत्तिर्ण बिद्यार्थीहरुलाई  सम्मान तथा बधाई कार्यक्रममा नेपाल


z