स्थानीय तहबाटै शिक्षक भर्ना

खरीबोट

परासी । पश्चिम नवलपरासीका स्थानीय तह आफैँले शिक्षक भर्ना गरेका छन् । 

सामुदायिक विद्यालयमा देखिएको शिक्षक अभावको समस्या समाधान गर्न संविधानले दिएको अधिकार प्रयोग गर्दै शिक्षक भर्ना गरिएको स्थानीय तहले जनाएका छन् । सुस्ता गाउँपालिका र प्रतापपुर गाउँपालिकाले शिक्षक भर्ना गरिसकेका छन् भने पाल्हीनन्दन गाउँपालिकाले भर्नाका लागि दरखास्त आह्वान गरेको छ । रामग्राम नगरपालिकाले शिक्षक भर्नाका लागि सूचना प्रकाशन गर्ने तयारी गरेको छ । 

शिक्षक अभाव भएपछि सुस्ता गाउँपालिकाले २० शिक्षकलाई करारमा भर्ना गरेको छ । विद्यार्थी सङ्ख्याअनुसार शिक्षक नहुँदा अध्यापन कार्य प्रभावित भएको गाउँपालिकाका अध्यक्ष रामप्रसाद पाण्डेले बताए । उनी भन्छन, “निजी स्रोतबाट राखिएका शिक्षकलाई तलब खुवाउन विद्यालयलाई समस्या भएको छ, पठनपाठन सहज बनाउन शिक्षक भर्ना गरिएको हो ।” 

प्रतापपुर गाउँपालिकाले शिक्षा अनुदान कोटाबाट मिलान गर्ने गरी तीन शिक्षक करारमा भर्ना गरेको प्रमुख प्रशासकीय अधिकृत बोधराज बस्यालले जानकारी दिए । पाल्हीनन्दन गाउँपालिकाले १२ स्वयंसेवक शिक्षक करारमा भर्ना गर्ने गरी दरखास्त आह्वान गरेको छ । रामग्राम नगरपालिकाले करारमा स्वयंसेवक शिक्षक भर्ना गर्ने तयारी गरिरहेको नगरपालिकाका सूचना अधिकारी एवं शिक्षा शाखा प्रमुख तोयनाथ लम्सालले जानकारी दिए  । 

नेपालको संविधानले विद्यालयको अनुमति, नवीकरण, त्यसको स्थानान्तरण, व्यवस्थापन, विद्यालय व्यवस्थापन समिति गठनलगायत स्थानीय तहको समग्र नीति योजना कार्यक्रम तर्जुमा गर्ने र कार्यान्वयन गर्ने गराउने, अनौपचारिक शिक्षाका काम, पूर्वप्राथमिक बालविकास केन्द्रको सञ्चालन, निरक्षरता उन्मूलनलगायतका काम स्थानीय तहले गर्न पाउने गरी अधिकार दिएको छ । 

सम्बन्धित समाचार

युभेन्टसको नयाँ प्रशिक्षक बने माउरीजियो सारी 

काठमाडौँ । इटालियन कल्ब युभेन्टसले माउरीजियो सारीलाई नयाँ प्रशिक्षक बनाएको घोषणा गरेको छ । सारीले प्रिमियर लिग क्लब चेल्सीमा आफ्नो एक बर्षे कार्यकाल छोडेर युभेन्टसको प्रशिक्षक बनेका छन् । ६० बर्षिय

डडेल्धुरामा ट्र्याक्टर दुर्घटना, एक शिक्षकको मृत्यु

डडेल्धुरा । डडेल्धुराको आलिताल गाउँपालिका–८ कुर्जेनिमा गए राति ट्र्याक्टर दुर्घटना हुँदा शिक्षकको मृत्यु भएको छ । समैजी आधारभूत विद्यालय आलितालमा कार्यरत ४० वर्षीय शिक्षक श्याम कलौनीको मृत्यु भएको जिल्ला प्रहरी

पुर्वखेलाडी लाम्पार्डलाई नयाँ प्रशिक्षक बनाउने तयारीमा चेल्सी

काठमाडौँ । प्रिमियर लिग क्लब चेल्सीले आफ्ना पूर्व खेलाडी फ्र्यांक लाम्पार्डलाई नयाँ म्यानेजरको रुपमा भित्र्याउने तयारी गरेको छ । आफ्ना म्यानेजर माउरिजियो सारीले क्लब छोडेर युभेन्टस जाने निश्चित भएपछि लाम्पार्ड आफ्नै

सिन्धुपाल्चोकमा सरकारी शिक्षकका छोराछोरी सरकारी विद्यालयमा

सिन्धुपाल्चोक । शैक्षिक क्षेत्रको अन्यौल न्यूनीकरण गर्न भन्दै सिन्धुपाल्चोकमा सरकारी विद्यालयका शिक्षकका छोराछोरीलाई अनिवार्य रुपमा सरकारी विद्यालयमा नै पढाउनुपर्ने नियम लागू हुने भएको छ । जिल्ला शिक्षा समिति, स्थानीय तहका प्रमुख,


z