• २०८१ बैशाख १४ शुक्रबार

आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेल नियुक्त

kharibot

काठमाडौं । सरकारले नेपाल आयल निगमको कार्यकारी निर्देशकमा सुरेन्द्र पौडेललाई नियुक्त गरेको छ । 

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले पौडेललाई निगमको कार्यकारी निर्देशकमा नियुक्त गरेको हो ।

वाणिज्य तथा आपूर्ति मन्त्रालयले गराएको खुला प्रतिष्पर्धामा आवेदन दिएका १२ जनामध्येबाट पौडेल निगमको कार्यकारी निर्देशक बनेका हुन् । तत्कालीन कार्यकारी निर्देशक गोपाल खड्का अनियमिततामा तानिएपछि सुशील भट्टराई निमित्त कार्यकारी प्रमुख थिए । 

नवनियुक्त कार्यकारी निर्देशक पौडेल यसअघि उदयपुर सिमेन्ट उद्योगमा प्रमुख कार्यकारी अधिकृत थिए । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै