• २०८१ बैशाख ८ शनिबार

छ वर्षीया बालिका बलात्कार अभियोगमा एक पक्राउ

kharibot

भोजपुर । भोजपुरको षडानन्द नगरपालिका–१० सामपाङमा ६ वर्षीया बालिका करणी गर्ने एक जना पक्राउ परेका छन् ।

बालिका करणी गरेको आरोपमा १६ वर्षीय जेम्सलाई प्रहरीले पक्राउ गरेको हो ।

बालिकालाई गत पुस १३ गते करणी गरेको भए पनि आफन्तले सोमबार प्रहरीमा उजुरी दिएपछि पक्राउ गरिएको हो ।

बालिकाको आज स्वास्थ्य परीक्षण गरिने जिल्ला प्रहरी कार्यालय भोजपुरका प्रमुख केशवकुमार थेवेले जानकारी दिए ।

आरोपितलाई मुद्दा दर्ता गरी अनुसन्धान भइरहेको उनले बताए । दुवै नाबालक भएकाले नाम भने गोप्य राखिएको प्रहरीको भनाइ छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै