• २०८१ बैशाख १२ बुधबार

संसारमा ५जी इन्टरनेटको चर्चा चल्दै गर्दा ६जी रिसर्चमा चिनियाँ विज्ञहरु !

kharibot

काठमाडौं । प्रविधिमा फड्को मार्दै गरेको विश्वमा ५जी इन्टरनेट कसरी विस्तार गर्ने र कसरी द्रुतगतिमा इन्टरनेट चलाउने भनी विश्व अहिले यसको खोजीमा जुटिरहेको छ । ३जी, ४जीको सफलतासँगै ५जीलाई व्यवसायीकरण गर्न अमेरिकी, युरोपेलीहरु लागिरहेको बेला चिनियाँ विज्ञहरुले भने ६जीबारे रिसर्च सुरु गरेका छन् । 

सिन्ह्वालाई उद्धृत गर्दै ग्लोबल टाइम्सले लेखेको समाचारअनुसार पूर्वी चीनको जिआंग्सु प्रान्तमा बिहीबारबाट साउथइष्ट युनिभर्सिटीको एउटा टिमले ६जी मोबाइल नेटवर्कबारे अध्ययन, अनुसन्धान थालेको हो । ५जी प्रविधिमै आधारित भएर ६जीको खोजी सुरु गरिएको हो । 

६जीले धेरै फराकिलो क्षेत्रमा द्रुतगति र उच्च सुरक्षासहितको सेवा दिने विश्वास गरिएको छ । यदि ६जी सफल भए यसको गति १ टेट्राबाइट प्रतिसेकेन्डको हुनेछ । जुन भनेको ५जीभन्दा १ हजार गुणा द्रुततर (तीव्रतर) हो । 

युनिभर्सिटीका प्रोफेसर यु सिआहु उक्त टोलीका नेतृत्वकर्ता समेत हुन् । अनुसन्धानको सुरुवाती चरणमा मोबाइल सञ्चार, व्यापक ताररहित सञ्चार, मिलिमिटर वेभ, सबमिलिमिटर वेभ वाइरलेस कम्युनिकेसन, अप्टिकल वाइरलेस कम्युनिकेसन र ब्रोडब्याण्ड स्याटेलाइट मोबाइल कम्युनिकेसनबारे काम सुरु गरिनेछ । 

६जी प्रयोगमा ल्याउन धेरै समय लाग्ने भए पनि विज्ञहरुले भने २०३० सम्ममा यसले व्यावसायिक विस्तार गरिसक्ने अपेक्षा गरेका छन् । समाचारमा जनाइएअनुसार यसबारे तीव्र प्रतिस्पर्धा सुरु भइसकेको छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै