• २०८१ बैशाख ६ बिहीबार

सडक दुर्घटनाबारे डा.संग्रौलाद्वारा संसदमा सार्वजनिक महत्वको प्रस्ताव दर्ता  

kharibot

काठमाडौं । संघीय सांसद डा. डिला संग्रौलाले प्रतिनिधिसभामा सडक दुर्घटनाबारे छलफलका लागि जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी छन् ।

सडक दुर्घटनाले धेरैको ज्यान गएको भन्दै त्यसमाथि सरकारको ध्यानाकर्षण गराउँदै उनले जरुरी सार्वजनिक महत्वको प्रस्ताव दर्ता गराएकी हुन् ।

प्रहरीको तथ्यांक सहित उनले आफ्नो प्रस्तावमा लेखेकी छन्, ‘पछिल्लो ५ वर्षमा ४० हजार ७ सय ७७ दुर्घटना भए, जसमा ८ हजार ९ सय ८२ जनाको मृत्यु भएको छ । यसरी हेर्दा एक वर्षमा सरदर २ हजार व्यक्तिले सडक दुर्घटनाका कारण ज्यान गुमाउने गरेको तथ्यांक छ ।’

हरेक दिन भएका सडक दुर्घटनामा सरकारको ध्यान पुग्न नसकेको । असुरक्षित सडक र संवेदनहीन राज्य संयन्त्रका कारण दुर्घटना बढिरहेको उनको प्रस्तावमा उल्लेख छ ।

सांसद संग्रौलाले दुर्घटना रोक्न सरकारले विशेष ध्यान दिनुपर्ने पनि उल्लेख गरेकी छन् । यसबाहेक नेपालमा १ लाख सवारी साधन, सडक संजालको सीमित लम्बाइ भएको बेलामा तर्जुमा गरिएका कानून अहिलेसम्म पनि अद्यावधिक गर्न नसकिएको उनको टिप्पणी छ ।

डा. स्रंग्रौलाले बुँदागत रुपमा तीन मुख्य कारण उल्लेख गरी भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको ध्यानाकर्षण गराउँदै प्रतिनिधिसभामा सडक दुर्घटना र यसको संवेदनशिलताबारे छलफलको प्रस्ताव गरेकी हुन् ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै