• २०८१ बैशाख ७ शुक्रबार

विवेकशील साझाको काभ्रे संयोजकमा श्रेष्ठ चयन 

kharibot

काभ्रे । विवेकशील साझा पार्टीले प्रदेश ३ को काभ्रे जिल्ला संयोजकमा समाजसेवी एवं युवा व्यवसायी भुषणकुमार श्रेष्ठलाई चयन गरेको छ ।   काभ्रेको बनेपामा पार्टीका प्रदेश ३ संयोजक समिक्षा बाँस्कोटा, केन्द्रीय सदस्य शशीविक्रम कार्की, मिलन पाण्डे, नेपाल प्रहरीका पूर्व एसएसपी लव विष्ट, साहित्यकार लक्ष्मण सापकोटालगायतको उपस्थितिमा आयोजित कार्यक्रममा श्रेष्ठको नाम सार्वजनिक गरिएको हो ।

 श्रेष्ठ अटो नेपाल म्याग्जिनका संथापक प्रबन्ध निर्देशक, लाइन्स क्लब अफ पनौतीका संस्थापक कोषाध्यक्ष, सहारा जेष्ठ नागरिक समाजका महासचिव तथा समाजसेवी हुन् । उनी हाल विभिन्न सामाजिक संघसंस्थाहरूको नेतृत्वदायी भूमिकामा छन् । आफ्नै जीवनकालमा देशको रूपान्तरणको लक्ष्य बोकेर अघि बढिरहेकाले विवेकशील साझा पार्टीमा संलग्न भएको श्रेष्ठले बताए  । 

युवा नेता तथा समाजसेवी श्रेष्ठले आफ्नो क्षमता र योगदानलाई कदर गर्दै पार्टीले आफुलाई हत्वपूर्ण जिम्बेवारी दिएको बताएका छन् । संयोजक घोषणा लगत्तै कार्यक्रममा बोल्दै उनले आफु निष्ठाको काम गर्न राजनीतिमा होमिएको जिकिर गरे। सोही अवसरमा उनले अब समग्र जिल्लालाई कृषि, पर्यटन र चलचित्र शहरका रुपमा विकास गर्न आफुले महत्वपूर्ण भूमिका खेल्ने समेत बताए ।

संयोजक श्रेष्ठ पत्रकार तथा अटो नेपाल पत्रिकाका प्रबन्ध निर्देशक समेत हुन् । उनले नेपालको प्रतिनिधि गर्दै विभिन्न देशमा मोटर स्पोर्ट्सको प्रचार गरेका छन्। हालसम्म ६० पटक रक्तदान, पढ्न नसकेका बालबालिका पढाउने, उपचार गर्न नसकेका मानिसको उपचार समेत गर्द आएका छन । २०७१ मा नै राष्ट्रिय युवा सम्मान पाइसकेका छन् । रेडक्रसको स्वर्ण जयन्तिमा नेरेसो पदकबाट सम्मानित भइसकेका श्रेष्ठ गएको चुनावमा यही पार्टीबाट काभ्रेको १ नं. क्षेत्रबात प्रतिनिधि सभा सदस्यमा चुनाव  समेत लडेका थिए। 

काभ्रेको पनौती नपा १० खोपासी जन्मेका उनले  त्यहाँ जेष्ठ नागरिकको लागि साहारा जेष्ठ नागरिक समाज स्थापना  समेत गरेका छन् । उनले  गाउँमा एम्बुलेन्स, मन्दिर तथा बाटो बनाउन सहयोग  गरेका छन । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै