टेस्ट क्रिकेटमा धोनीलाई पछिपार्दै रिषवले बनाए रेकर्ड 

खरीबोट

काठमाडौं । भारतीय विकेटकिपर ब्याट्सम्यान रिषव पन्तले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । आइसीसीले आज जारी गरेको टेस्ट वरियतामा पन्तले अहिलेसम्मकै उच्च वरियता पाउदै भारतबाट वरियतामा ६७३ अंक पाउने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका छन् । 

अस्ट्रेलियासँगको चौथो टेस्टमा १५९ रनक ओअविजित पारी खेलेका पन्तलाई अस्ट्रेलियाका एडम गिलक्रिष्टसँग तुलना गरिएको बेला आइसीसीले जारी गरेको वरियतामा पन्त १७औ स्थानमा पुग्दै यो रेकर्ड बनाएका हुन् । पन्त २१ स्थान जम्प गर्दै वरियतामा १७ स्थानमा पुगेका हुन् ।

टेस्ट वरियतामा अहिलेसम्म भारतीय विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले ६६२ अंक पाएका थिए भने टेस्ट वरियतामा १९औ स्थानसम्म पुगेका थिए । त्यस्तै भारतका पुर्व विकेटकिपर फारुक इन्जिनियरपनि १७औ स्थानसम्म पुगेका थिए । फारुकले भने ६१९ अंकसम्म पाएका थिए । 

पन्तले अस्ट्रेलियाविरुद्धको सिरिजमा ५८ को औसतले ४ खेलको ७ इनिंगमा ३५० रन बनाएका थिए । साथै पन्तले सिरिजमा २० क्याच लिएर समेत नयाँ रेकर्ड बनाएका छन् । 
 

सम्बन्धित समाचार

पाकिस्तानविरुद्धको टेस्ट सिरिजमा दक्षिण अफ्रीकाको क्लिन स्विप 

काठमाडौँ । दक्षिण अफ्रीका टुरमा रहेको पाकिस्तानी क्रिकेट टिम टेस्ट सिरिजमा ३-० ले पराजित भएको छ । टेस्ट सिरिजको तेस्रो टेस्टको आज चौथो दिन पाकिस्तान २७३ रनमा अल आउट भएपछि तेस्रो

टेस्ट क्रिकेटमा धोनीलाई पछिपार्दै रिषवले बनाए रेकर्ड 

काठमाडौं । भारतीय विकेटकिपर ब्याट्सम्यान रिषव पन्तले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । आइसीसीले आज जारी गरेको टेस्ट वरियतामा पन्तले अहिलेसम्मकै उच्च वरियता पाउदै भारतबाट वरियतामा ६७३ अंक पाउने

टेस्ट क्रिकेटमा रिषव पन्तको रेकर्ड, दोस्रो दिन भारतीय ब्याट्सम्यानको दबदबा 

काठमाडौँ । भारतका विकेट किपर ब्याट्सम्यान रिषव पन्तले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । रिषवले हाल जारी अस्ट्रेलियाविरुद्धको चौथो टेस्टमा १५९ रनको अविजित पारी खेल्दै भारत बाहिर अहिलेसम्मकै धेरै रन

ट्रेन्ट बोल्टको श्रीलंकाविरुद्ध उत्कृष्ट बलिङ्ग : १५ बल ४ रन ६ विकेट 

काठमाडौँ। न्यूजील्याण्डका तिब्र गतिका बलर ट्रेन्ट बोल्टले श्रीलंकाविरुद्ध जारी टेस्ट म्याचमा कीर्तिमानी बलिङ गरेका छन्। घरेलु मैदानमा कुल १५ ओभर बलिङ गरेका उनले ३० रन खर्चिएर ६ विकेट लिएक बोल्टले सबै


z