• २०८१ बैशाख ८ शनिबार

टेस्ट क्रिकेटमा धोनीलाई पछिपार्दै रिषवले बनाए रेकर्ड 

kharibot

काठमाडौं । भारतीय विकेटकिपर ब्याट्सम्यान रिषव पन्तले टेस्ट क्रिकेटमा नयाँ रेकर्ड बनाएका छन् । आइसीसीले आज जारी गरेको टेस्ट वरियतामा पन्तले अहिलेसम्मकै उच्च वरियता पाउदै भारतबाट वरियतामा ६७३ अंक पाउने पहिलो विकेटकिपर ब्याट्सम्यान बनेका छन् । 

अस्ट्रेलियासँगको चौथो टेस्टमा १५९ रनक ओअविजित पारी खेलेका पन्तलाई अस्ट्रेलियाका एडम गिलक्रिष्टसँग तुलना गरिएको बेला आइसीसीले जारी गरेको वरियतामा पन्त १७औ स्थानमा पुग्दै यो रेकर्ड बनाएका हुन् । पन्त २१ स्थान जम्प गर्दै वरियतामा १७ स्थानमा पुगेका हुन् ।

टेस्ट वरियतामा अहिलेसम्म भारतीय विकेटकिपर ब्याट्सम्यान महेन्द्र सिंह धोनीले ६६२ अंक पाएका थिए भने टेस्ट वरियतामा १९औ स्थानसम्म पुगेका थिए । त्यस्तै भारतका पुर्व विकेटकिपर फारुक इन्जिनियरपनि १७औ स्थानसम्म पुगेका थिए । फारुकले भने ६१९ अंकसम्म पाएका थिए । 

पन्तले अस्ट्रेलियाविरुद्धको सिरिजमा ५८ को औसतले ४ खेलको ७ इनिंगमा ३५० रन बनाएका थिए । साथै पन्तले सिरिजमा २० क्याच लिएर समेत नयाँ रेकर्ड बनाएका छन् । 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै