• २०८१ बैशाख ७ शुक्रबार

उपाधि विजेता मनाङ अन्तिम खेलमा फ्रेन्ड्ससँग पराजित

kharibot

काठमाडौं । शहीद स्मारक ए डिभिजन लिगको उपाधि विजेता टिम मनाङ मर्स्याङ्दी क्लब अन्तिम खेलमा भने पराजित भएको छ । 

लिगको अन्तिम खेलमा मनाङ फ्रेन्ड्स क्लबसँग १–० गोल अन्तरले पराजित भएको हो । जसले गर्दा मनाङ लिगका सबै खेलमा शतप्रतिशत नतिजा निकालेर उपाधि जित्ने कीर्तिमान बनाउनबाट चुकेको छ ।

सातदोबाटोस्थित एन्फा मैदानमा भएको खेलमा मनाङ अन्तिम खेलमा तुलनात्मक रुपमा कमजोर टिम फ्रेन्ड्सविरुद्ध गोलरहित बराबरीमा रोकियो । खेलको सुरुवातदेखि नै फ्रेन्ड्समाथि दबाब बनाएको मनाङले पुरै खेलमा आधा दर्जन गोल गर्ने अवसर गुमाएको थियो । 

फ्रेन्ड्सको जितमा बिशाल लाम ले गोल गरेका थिए । फ्रेन्ड्सले अन्तिम समयमा गोल गर्दै मनाङविरूद्ध जित हासिल अग्रेको थियो । 

हारपछि मनाङले १३ खेलबाट ३६ अंक बनाउँदै लिग टुंग्याएको छ । साथै उसले लिग विजेताका हिसाबले एएफसी कपमा सहभागिता जनाउन पाउनेछ । यता फ्रेन्ड्सले भने लिगमा १३ खेलमा १२ अंक जोड्दै ११औ स्थानमा रहेर लिग टुंगाएको छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै