• २०८१ बैशाख १३ बिहीबार

चुनावका बावजुत आइपिएल भारतमा नै हुने 

kharibot

काठमाडौं । बहुचर्चित इन्डियन प्रिमियर लिग (आइपिएल) को १२औ संस्करण भारतमै हुने भएको छ । भारतीय क्रिकेट कन्ट्रोल बोर्डले मंगलबार जारकारी दिदै आइपिएलको १२औ संस्करण भारतमै हुने जानकारी दिएको हो । 

भारतमा यसबर्ष आम निर्वाचन हुने भएकाले यसअघि प्रतियोगिता दक्षिण अफ्रिका या दुवईमा हुने हल्ला चलेको थियो । बोर्डले सरकार एजेन्सी र राज्यस्तरीय छलफलपछि आइपिएल आगामी मार्च २३ देखि भारतमै हेन जनाएको छ ।

यद्यपी प्रतियोगिताको पुरा खेल तालिका भने आम निर्वाचनको मितिपछि मात्र सार्वजनिक हुने भएको छ । भारतीय मिडियाका अनुसार यस पटकको आइपिएल यस अघिको जस्तो होम र अवे मैदानमा नहुने भएको छ । निर्वाचनको मिति अनुसार कार्निभल फर्म्याटमा निश्चित स्टेडियममा हुनसक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ । 

यस सिजनको लागि खेलाडीको अक्सन डिसेम्बर २० मा सम्पन्न भइसकेको छ । आइपिएलमा नेपाली युवा स्पिनर सन्दीप लामिछाने दिल्ली क्यापिटलबाट खेल्दै छन् । गत बर्ष आइपिएलमा डेभ्यु गरेका सन्दीपलाई दिल्लीले यस बर्ष रिटेन गरेको थियो ।  
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै