भत्ता पाइने आशमा धेरै सन्तान 

खरीबोट

फाइल तस्बीर

बाँके । यहाँको जानकी गाउँपालिका–३, इन्द्रपुरमा लोपोन्मुख जाति कुचबधिया समुदायका अधिकांश महिलाले भत्ता पाउनकै लागि सन्तान जन्माउने गरेका छन् । 

सो समुदायका ४६ घर छन् । सरकारले यो जातिलाई प्रतिव्यक्ति मासिक रु दुई हजार भत्ता दिने गर्दछ । भत्ताकै लागि उक्त जातिले सन्तान बढाइरहेका छन् । नेपालगञ्ज बजारसँग जोडिएको इन्द्रपुरमा छ÷सात सन्तान त सामान्य नै मानिन्छ । 

ननकैया कुचबधियालाई बच्चा जन्मेको दिनसम्म थाहा छैन । उनले काखमा छोरालाई च्यापिरहेकी थिईन । “तिहारअघि जन्मेको छोराको राम्रो नाम सोच्न नसकेर अहिलेसम्म यसको नाम राख्न सकेका छैनौँ”, उनले भन्नुभयो, “हजुर मेरो छोराको राम्रो नाम राखिदिनुस् न ।” 

हेर्दा ३० वर्ष आसपासकी ननकैयाले छ सन्तान जन्माइसकेकी छन् । उनलाई आफ्नो नाबालक छोराको नाम टोलमा कसैसँग नमिल्ने चाहिएको छ । त्यसो त ननकैयालाई आफ्नो उमेर पनि राम्रोसँग थाहा छैन । उनले भनिन, “खै उमेर त्यस्तै ३० वर्ष कटेजस्तो लाग्छ, मलाई त उमेर पनि थाहा छैन ।” यस्तै छ सन्तानकी आमा गीता कुचबधियाले भनिन्, “अब बच्चा जन्माउदिन, पाँच वर्षे औषधि नरप्लान्ट राखेकी छु ।” इन्द्रपुरमा रहेका कुचबधिया जाति प्रति तथा ऐलानी जग्गामा बसेका छन् । 

ननकैयाजस्तै ६ सन्तानकी आमा फूलमाताले सन्तान धेरै चाहिने बताईन । लैँगीका पनि सात सन्तान छन् । सन्तान धेरै भएर बढी भत्ता पाउने भएकाले गाउँमा उनी पैसावाला गनिन्छन् । उनका पाँच छोरी र दुई छोरा छन् । सिलौटा, जाता, सनपाटको डोरी बेचेर सो जातिले गुजारा चलाउने गर्छन । 

बजारमा मिक्चर, प्लाष्टिकका डोरी आएपछि आफ्नो व्यवसाय धरापमा परेको पटवारी कुचबधियाले बताईन्। “अहिले त व्यवसाय हुन छाड्यो, सरकारले दिने भत्ताले जीविका चलेको छ”, उनले भनीन् । इन्द्रपुर, फुल्टेक्रा र मनिकापुरमा सो जातिको बसोवास छ । सरकारले लोपोन्मुख जातिमा राखेर भत्ता दिने व्यवस्था गरेपछि उक्त जाति सन्तान वृद्धिमै लागेका छन् । कुचबधियामा बालविवाहको समस्या उस्तै छ । पाँच-छ वर्षमै टीकाटालो गर्ने र १२-१३ वर्ष भएपछि विवाह गरिदिने गरिन्छ । 

घरमै बच्चा जन्माइने गरेको उल्लेख गर्दै नामसमरियाले भनिन्, “दुई-तीन दिनसम्म जन्मिँदै जन्मिएन भने बल्ल अस्पताल लैजान्छौँ ।” कुचबधियामा महिला स्वयंसेविका कोही छैनन् । बेथा लागेपछि सुत्केरी गराउन जान्ने भनिएका केही महिला छन् । उनीहरुले नै घरमै सुत्केरी गराउन सहयोग गर्छन् । अहिलेसम्म अस्पतालमा गएर कसैले बच्चा नजन्माएको अगुवा नन्दवा कुचबधियाले बताए । 

सो समुदायमा अहिलेसम्म एकजना रेखा कुचबधियाले मात्रै अस्पतालमा बच्चा जन्माएकी छन् । उनले भनिन, “तीन दिनसम्म बच्चा नजन्मेपछि उनलाई अस्पताल लगि शल्यक्रिया गरेर बच्चा जन्मियो ।” 

उनको अस्पतालमा जन्मिएको छोराको नाम सूर्या राखिएको छ । “अस्पतालमा जन्मिने शौभाग्य पाएको भन्दै छोराको नाम सूर्या राखियो”, रेखाले भनिन । कुचबधियामा बालविवाह गर्ने र धेरै सन्तान होड नै रहेको छ । नियमित गर्भ जाँच, अस्थायी साधनको प्रयोग कम नै हुने गरेको छ । समुदायका दुई-चार जना महिलाले श्रीमानलाई थाहै नदिएर अस्थायी साधनको प्रयोग गर्ने गरेको भए पनि अधिंकाशले प्रयोग गर्दैनन् ।
 

सम्बन्धित समाचार

बच्चा जन्मिएपछि यौन सम्पर्क राख्दा यी कुरामा राखौं ध्यान !

काठमाडौँ। सामान्यतया सन्तानलाई जन्म दिएपछि महिलाहरु यौन सम्पर्कको लागि त्यति रुचि राख्दैनन् । उनीहरुमा जीवनसाथीप्रति आकर्षण कम भएर अथवा प्रेम घटेर भने यौनप्रति वितृष्णा जागेको होइन ।  औषधि अथवा शारीरिक परिवर्तनका कारण

यौनसम्बन्धी केही अचम्म लाग्दा तथ्य

काठमाडौँ। यौनसँग सम्बन्धित विषयलाई जति बेवास्ता गर्ने कोसिस गरे पनि यसबाट पछि हट्न सकिँदैन । प्राचीन कालदेखि नै यौनबारे अनगिन्ती अध्ययन, अनुसन्धान भएका छन् । अहिले पनि यस विषयमा अनुसन्धान जारी

शारीरिक सम्बन्धमात्रै हो त सुहागरातको अर्थ ? 

काठमाडौं । विवाहको पहिलो रातलाई सुहागरात भनिन्छ । यो सबैको जीवनको एक महत्त्वपूर्ण पाटो हो । यो रातलाई लिएर धेरैको मनमा विभिन्न किसिमका शंका उपशंका हुन सक्छन् । यो रात

संविधानलाई नागरिकको जीवनशैली र पद्धतिका रुपमा स्थापित गर्नुपर्ने : मुख्यमन्त्री पोखरेल

रूपन्देही । प्रदेश न. ५ का मुख्यमन्त्री शङ्कर पोखरेलले जनता र राष्ट्रका परिवर्तित आकाङ्क्षालाई पूरा गर्न सकिने बलियो संविधानवादको आधारसमेत तयार भएको बताएका छन् । चौथो संविधान दिवस २०७५ का अवसरमा


z