• २०८१ बैशाख १४ शुक्रबार

लिगकपको सेमिफाइनलमा टोटनह्यामसँग चेल्सी पराजित 

kharibot

काठमाडौँ । लिग कपको सेमिफाइनलको पहिलो लिगमा टोटनह्यामले चेल्सीलाई १-० ले पराजित गरेको छ ।

गएराती भएको खेलमा टोटनह्यामका लागि ह्यारी केनले खेलको एक मात्र गोल गर्दै चेल्सीमाथि १-० को जित हासिल गर्दै पहिलो लिगमा १-० को अग्रता बनाउन सफल भएका छन् ।

केनले खेलको २६औ मिनेटमा पेनाल्टीबाट गोल गरेका थिए । यो हारसँगै चेल्सीले विम्बली मैदानमा टोटनह्यामसँग खेलेका आफ्ना पछिल्ला तीन खेलमा हार बेहोरेको छ ।

टोटनह्यामले अब अर्को खेल आगामी आइतबार प्रिमियर लिग अन्तर्गत म्यानचेस्टर युनाइटेडसँग खेल्दै छ भने चेल्सीले न्युक्यासलसँग खेल्दै छ ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै