• २०८१ बैशाख ८ शनिबार

झापामा आगलागीबाट रु १२ लाखको क्षति

kharibot

झापा । झापाको दुई स्थानमा आगलागी हुँदा रु १२ लाख बरारबको क्षति भएको छ ।

झापा गाउँपालिका–६ स्थित बलराम मुर्मूको घरमा मङ्गलबार आगलागी हुँदा रु तीन लाख बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता महेन्द्रकुमार श्रेष्ठले जानकारी दिए ।

आगलागी हुँदा घरमा रहेको अन्नपात, लत्ताकपडा तथा नगद रु २० हजार जलेर नष्ट भएको छ ।

त्यस्तै, मेचीनगर–४ स्थित पाथीभरा टोलका राजकुमार माझीको घरमा आगलागी हुँदा रु नौ लाख बराबरको क्षति भएको छ ।

आगलागीबाट घरको सबै सामान जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै