• २०८१ बैशाख ७ शुक्रबार

संसद बैठक आज बस्दै, प्रश्न गर्न नदिएसम्म काँग्रेसले अवरोध गर्ने

kharibot

काठमाडौं । संघीय संसदको प्रतिनिधिसभाको बैठक आज अपराहन्न एक बजे बस्दै छ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले आइतबार प्रतिनिधिसभाको बैठकका दिएको सार्वजनिक महत्वको वक्तव्यमाथि प्रमुख प्रतिपक्ष दल नेपाली काँग्रेसले प्रश्न गर्न माग गरेपछि १५ मिनेटका लागि स्थगित गरिएको बैठक बस्दै नबसी बुधबार एक बजेसम्मका लागि स्थगित गरिएको थियो ।

प्रधानमन्त्री ओलीको वक्तव्यमाथि प्रश्न गर्न पाउनुपर्ने भन्दै नेपाली काँग्रेसका सांसदहरुले रोष्टम अघि उभिएर नाराबाजी गरेका थिए । सभामुख कृष्णबहादुर महराले आफूले अनुमति दिएपछि मात्रै प्रश्न गर्न पाउने भनेपछि बैठकमा विरोध भएको थियो ।

प्रश्न गर्न नदिएसम्म काँग्रेसले अवरोध गर्ने :

यसैबीच, नेपाली काँग्रेसले भने प्रधानमन्त्रीको वक्तव्यमाथि प्रश्न गर्न नदिएसम्म संसद बैठक चल्न नदिने चेतावनी दिएको छ ।

आजको बैठकमा पनि प्रधानमन्त्रीलाई प्रश्न गर्न नपाए बैठक चल्न नदिने कांग्रेसको तयारी छ । कांग्रेसले प्रधानमन्त्रीलाई प्रश्न गर्न पाउनु पर्ने माग गर्दै आइरहेको छ । सभामुख महराले प्रश्नोत्तर सेसनमा मात्रै प्रधानमन्त्रीलाई प्रश्न राख्न पाइने भन्दै प्रश्न सोध्न अनुमति नदिएपछि काँग्रेस सांसदहरुले असन्तुष्टि व्यक्त गर्दै आजको बैठक पनि चल्न नदिने बताएका हुन् । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै