बाजुराका अनाथहरुको घर बनाउन अमेरिकाबाट ५ लाख ३५ हजार सहयोग 

खरीबोट

वाशिंगटन डीसी । “सच्चीको साथमा..” नामक कार्यकमको टोलीले नेपालको विकट गाउँ बाजुराका अनाथहरुको सहयोगार्थ ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा संकलन गरेको छ । 

उक्त रकम जनवरी ८ तारिखमा नेपाल पठाई सकिएको जानकारी  “सच्चीको साथमा “नामक कार्यक्रमकी प्रस्तोता सच्ची मैनालीले जानकारी गराइएकी छिन् । अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैया हुन् गएको छ । उक्त रकम गो फन्डको खर्च कटाएर पठाइएको हो ।

अमेरिकाबाट कुल ३ हजार ७ सय ६६ डलर ४७ सेन्ट पठाईएको छ भने नेपाली रुपैया ४ लाख १३ हजार ७ सय ६४ रुपैया हुन् गएको छ ।

नेपालका चर्चित कान्छा सामाजिक अभियन्ता केपी खनाल स्वयमले नेपालको विकट बाजुराका करिव ४० अनाथ बालबालिकाहरुका लागि शुरुआत गरेको अनाथ बालगृह निर्माणको निर्माणका लागि आवश्यक आर्थिक सहयोगका लागि पहल गरिदिन अनुरोध गरेपछि तत्कालै नि:शर्त उक्त अभियान "सच्चिको साथमा" टिमले नि:स्वार्थ उक्त अभियानलाई हातेमालो गर्दै केही साता अघि मात्र गो-फण्ड मार्फत अमेरिकाबाट आर्थिक सहयोग अभियान थालिएको थियो।

नेपालको बिकट गाउँ बाजुरामा बन्दै गरेको अनाथहरुको बालगृह निर्माण कार्यमा आर्थिक अभावका कारण भवनको छत हाल्ने तथा अन्य विविध निर्माण कार्य रोकिएको हुँदा उक्त कार्य कुनै पनि हालतमा रोकिनु हुन्न र यसका लागी अपुग रकम मध्ये संसारभरका नेपाली परिवारजनहरुबाट अनुरोध गर्ने र यसै क्रममा अमेरिकावासी नेपाली समुदायबाट करिव ३ लाख नेपाली रुपैया जति संकलन गर्ने लक्ष्य राखेको अभियानका अभियन्ता केपि खनालले बताएका थिए।

उनैको विशेष अनुरोधपछि उक्त अभियानलाई इनेप्लिजको घरबास र प्रवासको समसामयिक बिषय समेटिँदै संचालनमा रहेको चर्चित कार्यक्रम "सच्चीको साथमा" का टिमले अमेरिकाका लागी सहयोग संकलन र उक्त अभियानमा सहकार्य गरेको हो।

३ हजार अमेरिकी डलरको लक्ष्य राखेर सुरु गरिएको "हेल्प फर दि होमलेस किड्स अभियान शुरु गएको करिव २६ घण्टामा रकम संकलन भएको हो । 

८७ जना विभिन्न मनकारी दानबीरहरुबाट प्राप्त उक्त सहयोग रकमले अब अनाथ बालबालिकाहरुका लागि बन्ने बालआश्रम बन्न अब नरोकिने र समय मै निर्माण सम्पन्न हुनेमा सबै ढुक्क भएका छन् । 

साथै हाल सम्म बाजुराको अनाथ बालगृह निर्माणको लागि जम्मा गो-फण्ड तथा प्रत्यक्ष रुपमा गरेर रू ५ लाख ३५ हजार ७ सय ९ रुपैया ३६ पैसा आर्थिक सहयोग संकलन भएको छ भने भविश्यमा पनि अझै केही दाताहरुले सहयोग गर्ने इच्छा ब्यक्त गरेको मैनालीले जानकारी गराईन्।

गत डिसेम्बर २८ तारिखमा शुरु गरिएको गो-फण्ड मार्फत सच्चीको साथमा टिमले हातेमालो गरेर कान्छा अभियन्ता के. पि खनालको बालगृह निर्माणको आर्थिक सहयोग संकलन अभियान शुरु भए लगतै डिसेम्बर २९ तारिखको साँझ भित्र नै लक्षित सहयोग रकम संकलन भएको थियो ।

अमेरिकी बिदाका दिनहरुका कारण आज जनवरी ८ तारिख मात्रै खाताबाट रकम झिकी नेपाल पठाईएको र हाललाई उक्त गो-फण्ड खाता बन्द भएको जानकारी गराउँदै उक्त ठुलो रकम भन्दा पनि सवैको सहभागिता र थोरै रकम प्रदान गर्न सकियोस होस् भन्ने हेतुले गरिएको आवाज सबैले सुनी सहयोग गरेको बताइन ।

उनले अगाडी भनिन - "अनाथ बालबालिकाहरुलाई ओत लाग्ने ठाउँ बन्नै पर्छ र परदेशमा रहेर पनि देशमा केही सहयोग गर्ने यो राम्रो अवसर पनि हो भन्दै ईजरायलबाट समेत १ लाख नेपाली रूपैंयाको सहयोग प्राप्त भएको बताएकी छिन्।
 

सम्बन्धित समाचार

बाजुरामा १४ हजार ६६० लिटर घरेलु मदिरा नष्ट

बाजुरा । जिल्ला प्रहरी कार्यालयले सात महीनाको अवधिमा ठूलो परिणममा घरेलु मदिरा नष्ट गरेको छ । गएको असोजदेखि आजसम्म अबैधरूपमा बेच्न राखिएका १४ हजार ६६० लिटर घरेलु मदिरा बरामद गरी

बाजुरामा भाइरल ज्वरोले एकको मृत्यु

बाजुरा । जिल्लाको हिमाली गाउँपालिका–५ क्युडी र ६ को पाडीगाउँमा एक सातादेखि भाइरल ज्वरोको प्रकोप बढेको छ । भाइरल ज्वरोका कारण एकको मृत्युसमेत भएको जिल्ला स्वास्थ्य कार्यालय बाजुराका प्रमुख अशोक

बाजुरामा भाइरल ज्वरोको प्रकोप

बाजुरा । बाजुराको उत्तरी भेगमा पर्ने हिमाली गाउँपालिका–५ रुगिनको क्युडी र नदापाटामा केही दिनयता भाइरल ज्वरोका बिरामी देखा पर्न थालेका छन् । मौसम परिवर्तनका कारण मानिसलाई रुघाखोकी, टाउको दुख्ने, ज्वरो आउनेजस्ता

बाजुरामा विप्लवका जिल्ला इञ्चार्जसहित १० पक्राउ

बाजुरा । नेत्रविक्रम चन्द नेतृत्वको समूहका बाजुरा जिल्ला इञ्चार्ज भुपेन्द्र विकसहित १० जना पक्राउ परेका छन् । विकलाई बूढीगङ्गा नगरपालिकाको अम्कोटबाट प्रहरीले पक्राउ गरेको हो । जिल्ला प्रहरी कार्यालय बाजुराका प्रहरी


z