• २०८१ बैशाख ८ शनिबार

गर्भ रोक्न पुरुषको शरीरमा स्विच !  

kharibot

काठमाडौँ । यौन सम्पर्कको समयमा यदि अनिच्छित गर्भबाट बच्न चाहने हो भने महिलाको लागि विभिन्न उपायहरु उपलब्ध छन् । उनीहरुको लागि त फिमेल कन्डमदेखि गर्भनिरोधक औषधिसम्म बजारमा सहजै पाइन्छन् । तर, पुरुषको कुरा गर्ने हो भने उनीहरुसँग केवल एउटै उपाय छ, त्यो हो कन्डम ।

कन्डमको प्रयोग गर्दा पूर्ण यौन सन्तुष्टि प्राप्त नहुने कतिपय पुरुषको मान्यता छ । यदि कन्डमको प्रयोग नगर्ने हो भने अनिच्छित गर्भ रहने सम्भावना रहन्छ । यस्तोमा कन्डमको प्रयोग पुरुषको लागि बाध्यता हो भन्ने बुझ्न सकिन्छ । 

त्यसैले यो समस्याको समाधानका लागि विश्वभर वैज्ञानिक खोज तथा अनुसन्धानहरु भइरहेका छन् । यसको हल अहिलेसम्म मिलिसकेको त छैन । तथापि, शीघ्र यस समस्याको समाधान हुने केही शोधकर्ताले बताएका छन् । 

केही शोधकर्ताहरु पुरुषको लागि गर्भनिरोधक औषधि बनाउन लागि परेका छन् । यसमा हालसम्म कुनै सफलता प्राप्त नभए पनि केही समयमा यसको उपाय बजारमा पाइने शोधकर्ताहरुको मान्यता छ । 

अनुसन्धाताहरुका अनुसार पुरुषको शरीरमा एक डिभाइस लगाइनेछ । यो डिभाइसमा एक स्विच हुनेछ र यसको माध्यमले वीर्यलाई अन अथवा अफ गर्न सकिने बताइएको छ । यो स्विच वीर्यनलीलाई ब्लक गर्न र खोल्न समर्थ हुने शोधकर्ताहरुको धारणा छ । 

यदि यस्तो प्रविधि बजारमा आएमा यसले बिल गेट्स फाउन्डेसनलाई ठूलो झट्का लाग्नेछ । किनकि बिल गेट्सले आफ्नो फाउन्डेशनको माध्यमले पुरुषको गर्भनिरोधक औषधि निर्माणमा ठूलो रकम खर्च गरेका थिए । यद्यपि, यो अध्ययनले उनलाई राहत दिन पनि सक्छ । किनकि यस अध्ययनका अनुसार ८३ प्रतिशत पुरुषले यस्तो स्विचभन्दा गर्भनिरोधक औषधिमा आफ्नो विश्वास रहेको बताएका थिए ।
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै