‘मुन्ना भाई एमबीबीएस’ को तेस्रो सिरिज यसै बर्ष सुरु हुने

खरीबोट

काठमाडौँ । बलिवुडको चर्चित फिल्म मुन्ना भाई एमबीबीएसको तेस्रो सिरिज अन्तत बन्ने भएको छ । 

सन् २००३ मा रिलिज भएको मुन्ना भाई एमबिबिएस र २००६ मा रिलिज भएको ‘लगे रहो मुन्ना भाई’ पछि अब तेस्रो सिरिज बन्ने फिल्मका चर्चित पात्र सर्किटको भूमिका निभाएका अभिनेता अर्शद वार्सीले जानकारी दिएका छन् । 

भारतीय समाचार एजेन्सी पिटीआईसँग कुरा गर्दै यसै बर्षको अन्त्यतिरबाट फिल्मको सुटिंग सुरु हुने जानकारी दिएका छन् । वार्सीले फिल्मको स्क्रिप्ट तयार भइसकेको र फिल्ममा संजयदत्त र आफुले अभिनय गर्ने आफुलाई बताइएको जानकारी दिएका छन् । 

फिल्मलाई बलिवुडका सफल निर्देशक राजु हिरानीले निर्देशन गर्ने छन् । यसअघिका दुवै फिल्ममा गान्धीको मुल्य मान्यतालाई अनुसर गर्नुपर्ने संदेश दिइएको थियो । फिल्मका दुवै सिरिज बक्सअफिसमा सुपरहिट बनेका थिए ।
 
 
 

सम्बन्धित समाचार

ऋतिकको फिल्म सुपर ३० को रिलिज मिति सर्यो 

काठमाडौँ । बलिवुड अभिनेता ऋतिक रोशनको नयाँ फिल्म सुपर ३० को रिलिज मिति सारिएको छ । यसअघि जनवरी २५ का लागि रिलिज मिति तोकिएको यस फिल्मको रिलिज मिति ६ महिना

मिस वर्ल्ड मानुषीलाई फराह खानले बलिवुडमा लन्च गर्दै 

काठमाडौँ । चर्चित कोरियोग्राफर तथा फिल्म निर्देशक फराह खानले मिस वर्ल्ड २०१७ मानुषी चिल्लरलाई बलिवुडमा डेभ्यु गराउने भएकी छन् । सन् २००८ मा अहिलेकी नम्बर एक अभिनेत्री दीपिका पदुकोनेलाई आफ्नो फिल्म

राकेश रोशनलाई पहिलो स्टेजको क्यान्सर !

काठमाडौँ । बलिवुडका चर्चित निर्माता, निर्देशक तथा अभिनेता राकेश रोशनलाई घाटीको क्यान्सर भएको छ । अभिनेता ऋतिक रोशनले आफ्ना पितालाई पहिलो स्टेजको क्यान्सर भएको खुलासा गरेका छन् ।  ऋतिकले सो जानकारी

गुलशन ग्रोभर बन्ने भए सडक-२ मा भिलेन 

काठमाडौँ । बलिवुडमा २७ बर्ष अघि बनेको फिल्म सडकको सिक्वेल बन्ने क्रममा रहेको छ ।  संजय दत्त र पुजा भट्ट अभिनित फिल्म सडकमा भिलेनको भूमिका निभाएका सदाशिव ओमपुरकरको भूमिका निकै महत्वपूर्ण


z