• २०८१ बैशाख ८ शनिबार

‘मुन्ना भाई एमबीबीएस’ को तेस्रो सिरिज यसै बर्ष सुरु हुने

kharibot

काठमाडौँ । बलिवुडको चर्चित फिल्म मुन्ना भाई एमबीबीएसको तेस्रो सिरिज अन्तत बन्ने भएको छ । 

सन् २००३ मा रिलिज भएको मुन्ना भाई एमबिबिएस र २००६ मा रिलिज भएको ‘लगे रहो मुन्ना भाई’ पछि अब तेस्रो सिरिज बन्ने फिल्मका चर्चित पात्र सर्किटको भूमिका निभाएका अभिनेता अर्शद वार्सीले जानकारी दिएका छन् । 

भारतीय समाचार एजेन्सी पिटीआईसँग कुरा गर्दै यसै बर्षको अन्त्यतिरबाट फिल्मको सुटिंग सुरु हुने जानकारी दिएका छन् । वार्सीले फिल्मको स्क्रिप्ट तयार भइसकेको र फिल्ममा संजयदत्त र आफुले अभिनय गर्ने आफुलाई बताइएको जानकारी दिएका छन् । 

फिल्मलाई बलिवुडका सफल निर्देशक राजु हिरानीले निर्देशन गर्ने छन् । यसअघिका दुवै फिल्ममा गान्धीको मुल्य मान्यतालाई अनुसर गर्नुपर्ने संदेश दिइएको थियो । फिल्मका दुवै सिरिज बक्सअफिसमा सुपरहिट बनेका थिए ।
 
 
 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै