• २०८१ बैशाख ७ शुक्रबार

विश्वमा जापानको पासपोर्ट सबैभन्दा शक्तिशाली, नेपालको कति स्थानमा ?

kharibot

काठमाडौं । जापानको पासपोर्ट विश्वमै सबै भन्दा उत्कृष्ट भएको हेनले पासर्पोर्ट इन्डेक्सले देखाएको छ । 

ग्लोबल सिटिजन एण्ड एडभाइजरी फर्म हेनले एण्ड पार्टनर्सले जारी गरेको तिन पहिनाको पासपोर्ट इन्डेक्समा जापान लगातार दोस्रो पटक शिर्ष स्थानमा रहेको छ । जापानको पासपोर्टको एसेस अंक १९० रहेको छ । त्यस्तै दोस्रो स्थानमा एशियन देश नै रहेका छन् । 

सिंगापुर र दक्षिण कोरियाले १८९ एसेस अंकसहित दोस्रो स्थानमा रहेका छन् । त्यस्तै फ्रान्स र जर्मनी तेस्रो, डेनमार्क इटाली, फिनल्याण्ड र स्विडेन चौथो स्थानमा रहेका छन् । त्यस्तै पाचौ स्थानमा लक्जम्बर्ग र स्पेन रहेका छन् भने छैठौ स्थानमा अस्ट्रिया, नेदरल्याण्डस, नर्वे, पोर्चुगल, स्विटजरल्याण्ड, ईङल्याण्ड र अमेरिका रहेका छन् । त्यस्तै सो सुचीको सातौ स्थानमा बेल्जियम, क्यानाडा, ग्रिस र आयरल्याण्ड रहेका छन् ।

त्यसैगरी चेक रिपब्लिक आठौ, माल्टा नवौ तथा अस्ट्रेलिया, आइसल्याण्ड र न्युजील्याण्ड दशौ स्थानमा रहेका छन् ।

नेपालको पासपोर्ट कति शक्तिशाली ?

उक्त इन्डेक्सअन्तर्गत विश्वका पासपोर्टहरुमध्ये नेपाली पासपोर्ट ९८औँ स्थानमा रहेको छ । नेपाल सन् २०१८ मा १०१ स्थानमा रहेको थियो भने अहिले ३ स्थान सुधार गर्दै ९८औ स्थानमा आएको छ ।

त्यस्तै छिमेकी मुलक भारतको पासपोर्ट ७९औ स्थानमा रहेको छ भने चीनको पासपोर्ट ६९औ स्थानमा रहेको छ ।

त्यस्तै श्रीलंकाको पासपोर्ट ९५औ स्थानमा छ भने बंगलादेशको पासपोर्ट ९७औ स्थानमा रहेको छ । त्यस्तै पाकिस्तानको १०२ स्थानमा, भुटा को ८३औ स्थानमा छ भने माल्दिभ्सको ५९औ स्थानमा रहेको छ । 

हेनलेले हरेक तीन महिनामा जम्मा भिसा फ्रि स्कोरका आधारमा पासपोर्टको प्रभाविकारिताको मूल्यांकन गरेर पासपोर्टको वरियता सार्वजनिक गर्ने गर्दछ । 

 

हेनले एण्ड पार्टनर्सले जारी गरेको पासपोर्ट इन्डेक्सको पुरा सुची यँहा हेर्न सकिन्छ । 

सम्बन्धित खबर

पढ्नै पर्ने

लोकप्रिय

भर्खरै