हार्दिक पाण्डेय र केएल राहुललाई बिसिसिआईको कारवाही !

खरीबोट

काठमाडौँ । भारतीय क्रिकेटर हार्दिक पाण्डेय र केएल राहुललाई भारतीय क्रिकेट कन्ट्रोल बोर्ड (बिसिसीआई) ले कारवाही गर्ने भएको छ । 

हार्दिक र राहुलले हालै चर्चित टेलिभिजन शो कफी विथ करनमा अन्तरवार्ता दिदै महिलाप्रति अपशब्द बोलेको आरोप लगाइएको छ । टाइम्स अफ इंडियाका अनुसार हार्दिक र राहुललाई उनीहरुले शो मा महिलाहरु प्रति व्यक्त गरेको अभिव्यक्ति प्रति २४ घण्टाको स्पष्टिकरण सोधिएको बिसिसिआईका प्रशासनिक कमिटिका बिनोद रायले जानकारी दिएका छन् ।

हार्दिक र राहुलको सो अभिव्यक्ति पछि बिसिसिआईले क्रिकेट बाहेकका यस्ता शोहरुमा क्रिकेटरहरुलाई प्रतिबन्ध लगाउने समेत तयारी गरेको बताइएको छ । 

शोमा हार्दिक र राहुलले उनीहरुको महिलाहरुसँगको सम्बन्ध र डेटिङका बारेमा खुलेर कुरा गरेका थिए । उनले महिलाहरुको हिडाईका आधारमा आफुले विचार बनाउने र आफ्नो सम्बन्धका बारेमा आफ्ना माता पितासँग खुलेर कुरा गर्ने गरेको बताएका थिए ।

यसैबिच हार्दिक पाण्डेयले सामाजिक संजालमार्फत सो शोमा आफु बहकिएर अभिव्यक्ति दिएको भन्दै आफ्नो सो अभिव्यक्तिबाट कसैको भावनामा चोट पुगेको भए आफुलाई माफ गर्न आग्रह गरेका छन् ।

पाण्डेय हाल अस्ट्रेलियाविरुद्धको एकदिवसीय सिरिजका लागि अस्ट्रेलियामा रहेका छन् । तीन खेलको एकदिवसीय सिरिजको पहिलो खेल १२ जनवरीमा सिड्नीमा हुदै छ ।  
     

    
 
 

सम्बन्धित समाचार

वेस्टइन्डिजले बंगलादेशलाई दियो ३२२ रनको लक्ष्य

काठमाडौँ । विश्वकप क्रिकेट अन्तर्गत वेस्टइन्डिजले बंगलादेशलाई ३२२ रनको लक्ष्य दिएको छ । टस हारेर पहिला पहिला बय्टिंग गरेको वेस्टइन्डिजले ५० ओभरमा ८ विकेट गुमाउदै ३२१ रन बनाएको हो । वेस्टइन्डिजका लागि

युनिभर्सल बोस गेल १३ बल खेलेर डक आउट !

काठमाडौँ । विश्वकप अन्तगर्त अहिले वेस्टइन्डिज र बंगलादेशबीच खेल भइरहेको छ । वेस्टइन्डिजले टस हारेर पहिला ब्याटिंग गरिरहेको छ । वेस्टइन्डिजका ओपनर क्रिस गेल शुन्य रनमा आउट भएका छन् । १३

भुवनेश्वर कुमारले विश्वकपका कम्तिमा तीन खेल खेल्न नसक्ने

काठमाडौँ । विश्वकप क्रिकेट खेलिरहेको बह्रतीय टिमका तिब्र गतिका बलर भुवनेश्वर कुमार  कम्तिमा तीन खेल खेल्न नसक्ने भएका छन् । आइतबार पाकिस्ताविरुद्धको खेलको पाँचौ ओभर बलिङ गर्ने क्रममा खुट्टाको माशंपेशीमा समस्या

विजय शंकरको विश्वकप डेभ्यु मै बन्यो रेकर्ड ! 

काठमाडौँ । विश्वकप क्रिकेटमा आफ्नो डेभ्यु खेल खेलेका भारतीय अल अलराउन्डर विजय शंकरले आफ्नो डेभ्यु खेललाई यादगार बनाएका छन् ।  विजयले विश्वकपमा पहिलो बलमा विकेट लिएर पहिलो बलमा विकेट लिने पहिलो


z