जाजरकोटको प्रसूतिगृह भवन नौ वर्षदेखि बन्द

खरीबोट

जाजरकोट । जाजरकोटको नलगाड नगरपालिका–४ लहँ खालचौरस्थित स्वास्थ्यचौकीको प्रसूतिगृहको भवनमा विगत नौ वर्षदेखि ताला लागेको छ ।

बत्ती, पानी, घेराबार, आवश्यक औजारको अभावमा उक्त भवन प्रयोगविहीन भएको पाइएको हो । समुदाय सहयोग कार्यक्रम केयर नेपाल संस्थाको रु नौ लाख ८० हजार आर्थिक सहयोग तथा पाँचतारा युवा संरक्षक मञ्च जाजरकोटको समन्वयमा २०६७÷०६८ सालमा उक्त भवन निर्माण भएको थियो । भवन प्रयोगमा नआउँदा महिलालाई सुरक्षित सुत्केरी सेवा लिन समस्या भएको स्वास्थ्यचौकीकी अनमी जयन्ती शाहीले बताइन् ।

प्रसूति गराउन समस्या छ, पुरानो जीर्ण भवनको एउटा कोठाबाट सेवा प्रवाह हुँदै आएको अनमी शाहीले जानकारी दिइन् । नयाँ भवन बनेको छ, प्रयोगमा छैन यसले समस्या बनाएको छ, शाहीले भनिन् । दिनमा तीन/चार जना महिला सुत्केरी हुन आए भने राख्ने ठाउँ नै हुँदैन, खुला ठाउँमै राखेर भए पनि सेवा दिनुपर्ने बाध्यता छ, शाहीको भनाइ छ । भवन प्रयोगविहीन हुँदा सेवा दिन कठिन भइरहेको छ शाहीले बताइन् ।

नौ वर्ष बित्दासमेत सुत्केरीको लागि बनेको घर प्रयोगमा नआउनु दुःखको विषय भएको अहेब कृष्णबहादुर शाहले बताए । खानेपानी, बिजुली बत्तीको व्यवस्था, वरिपरि घेराबार, सुत्केरी गराने श्ययालगायतको व्यवस्था नहँुदा यो भवन प्रयोगमा आउन नसकेको अहेब शाहको भनाइ छ । स्वास्थ्य संस्थामा बजेट नहुने र वडा, नगर, जिल्लाबाट बजेट व्यवस्था नहुँदा भवन प्रयोगमा ल्याउन नसकिएको हो, शाहले भन्नुभयो । यसतर्फ सरोकारवाला निकायले चासो दिएको देखिँदैन ।

यो संस्थामा साविकको लहँ गाविसको वडा १ भारगाउँ, २ को थाप्ला, ३ को मानचौर, ४ को माझगाउँ, ५ को बाउँसेखोला, ६ को पोखरा, ७ को मुली, ८ को ऐराडी, ९ गर्छिनाबाट महिला स्वास्थ्य जाँच तथा सुत्केरी हुन आउने गर्छन् तर भवनको उचित व्यवस्थापन नहँुदा सुत्केरी सेवा लिन बाहिर जानु पर्ने बाध्यता रहेको छ ।

सम्बन्धित समाचार

जाजरकोट खलङ्गामा खानेपानी अभाव, निर्माणाधिन आयोजना पूरा भएन

जाजरकोट । यहाँको सदरमुकाम खलङ्गामा पिउनेपानीको हाहाकार छ । गर्मीयाममा पानीका मुहान सुक्ने, सदरमुकाम आसपासमा रहेका पानीका मुहानको मर्मतसम्भार तथा संरक्षणको अभावले सदरमुकाम खलङ्गामा खानेपानीको हाहाकार भएको हो । जाजरकोटी राजा

जाजरकोटको सिँचाइ योजना चालीस वर्षदेखि अलपत्र

जाजरकोट । बारेकोट गाउँपालिकाको नायकबाडा सिँचाइ योजनाको निर्माणकार्य पञ्चायतकालमै शुरु भए पनि अहिलेसम्म निर्माण हुन सकेको छैन् । पञ्चायत कालपछि बहुँदलिय प्रजातन्त्र र सङ्घीय लोकतान्त्रिक गणतन्त्र शासन व्यवस्थाको स्थापना भए

जाजरकोटका स्वास्थ्यकर्मीलाई बिदामा नबस्न निर्देशन

जाजरकोट । विगतमा झाडापखाला, स्वाइनफ्लुलगायतका रोगबाट झण्डै २५० भन्दा बढीको मृत्यु भएको जाजरकोटमा यो पटक भने जिल्लामा कार्यरत स्वास्थ्यकर्मीलाई स्वास्थ्य सेवा विभागको निर्देशनअनुसार काज वा बिदामा नबस्न परिपत्र गरिएको छ

दुई दिन हिडेर फोन र इन्टरनेट !

जाजरकोट । मुड्केचुला गाउँपालिका–८ डोल्पा सर्मीका दीर्घ शाहीले पत्रकारिता गर्न थालेको अहिले आठ वर्ष नाघ्यो । उनी बस्ने गाउँमा इन्टरनेट त परै जाओस् फोनले समेत काम नगर्दा दिनदिनै समस्या भोग्दै


z